नीजि मेडिकल कलेजले तीन दिन पर्खने, चौथो दिनदेखि कडा आन्दोलन

  २०७३ साउन ५ गते ४:५८     विकासन्युज

medical 1काठमाडौं, ५ साउन । नीजि मेडिकल कलेजहरुले आफ्ना माग पुरा गराउन तीन दिने अल्टिमेटम दिएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गनर्दै उनीहरुले आन्दोलनको रुप परिवर्तनका लागि ३ दिन पर्ख र हेरको नीति अवलम्बन गर्ने बताएका हुन् ।

सरकारले आफ्ना माग प्रति वेवास्था गरेको बताउँदै उनीहरुले अब कडा आन्दोलन थाल्ने घोषणा समेत गरे ।
एशोशिएसन अफ प्राईभेट मेडिकल कलेजले नेपालको चिकित्सा क्षेत्रमा देखिको अन्तरद्धन्द्ध र त्यसको समाधानका लागि सरकारले संवाद आरम्भ गर्नुपर्ने बताएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एशोशिएसन अफ प्राईभेट मेडिकल कलेजका अध्यक्ष डाक्टर भोला रिजालले व्यक्ति उठाएर उग्र आन्दोलन गर्ने र जनताले स्वास्थ्य शिक्षा पाउनु हुदैन भन्ने मान्यताको बिरोध गरे । अनसनले नै सबै माग पुरा हुनेभए आफुहरुका लागी पनि अनसन ठुलो कुरा नभएको बताए ।

बिराट मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीले गोविन्द केसि कुनै कोणबाट सहि नभएको आरोप लगाए । नीजि क्षेत्रलाई मासेर लाखौँको रोजगारी खोस्ने अनी मेडिकल कलेजको सिट कटौंति गर्न लगाएर स्वदेशमा पढ्ने विद्यार्थीको अधिकार खोस्ने व्यक्ति कहि कतैबाट राष्ट्रको हितमा हुनै नसक्ने उनको आरोप थियो ।
एशोशिएसनले पत्रकार सम्मेलन मार्फत ८ वटा मागहरु अगाडि सारेको छ ।

उसले सिट संख्या कटौति गर्न नहुने, विदेशी विद्यार्थीहरुलाई समेत स्वदेशमा पठन पाठन गर्ने वातावरणको सृजना गर्नुपर्ने लगायतका माग अघि सारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.