राजनीतिक अस्थिरता कम भएसंगै नयाँ उद्योग खुल्ने क्रम बढ्यो

<p>काठमाडौं,  २६ असार।  देशमा राजनीतिक स्थिरता कायम भएसंगै लगानीको वातावरण पनि बढ्दै गएको छ। गत बर्ष भारतले लगएको नाकाबन्दीले सुस्ताएको लगानीको वातावरण अहिले पहिलेकै स्थितिमा फर्किएको हो। विगत साढे पाँच महिनामा उद्योग विभागमा दर्ता भएका उद्योगको संख्याले यस्तो देखाएको हो। सरकारी तथ्यांक अनुसार गत बर्षको पाँच महिनाको तुलनामा यो बर्ष धेरै उद्योग दर्ता भएका छन् [&hellip;]</p>

काठमाडौं,  २६ असार।  देशमा राजनीतिक स्थिरता कायम भएसंगै लगानीको वातावरण पनि बढ्दै गएको छ। गत बर्ष भारतले लगएको नाकाबन्दीले सुस्ताएको लगानीको वातावरण अहिले पहिलेकै स्थितिमा फर्किएको हो। विगत साढे पाँच महिनामा उद्योग विभागमा दर्ता भएका उद्योगको संख्याले यस्तो देखाएको हो।

uddhoj

सरकारी तथ्यांक अनुसार गत बर्षको पाँच महिनाको तुलनामा यो बर्ष धेरै उद्योग दर्ता भएका छन् । बैशाख पछि हालसम्म २ सय १५ ओटा उद्योग दर्ता भएको विभागको तथ्यांक छ । जुन गत बर्षको सो अवधिको भन्दा १३ ले बढी हो । यी उद्योगहरुको जम्म पूँजी ५२ अर्व ४३ करोड २० लाख रहेको छ ।

विभागको तथ्यांक अनुसार यो अवधिमा सवै भन्दा बढी दर्ता हुने उद्योगमा सेवा सम्वन्धि उद्योग रहेका छन् । साँढे पाँच महिनामा सेवा सम्वन्धि ७५ ओटा उद्योग दर्ता भएका थिए । त्यस्तै पर्यटनमुलक ७० उद्योग दर्ता भएको तथ्यांकमा उल्लेख छ । उत्पादनमुलक ४२ ओटा उद्योग दर्ता भएका देखिन्छन् । जसमा चिनियाँ लगानी धेरै मात्रामा रहेको छ। चिनियाँहरुले धेरैजसो चाइनिज भाषा सिक्ने इन्स्टिच्युट र रेष्टुरेन्टमा लगानी गरेको पाइएको छ।

 

दर्ता उद्योगमध्ये १ सय ५३ साना उद्योग छन् । त्यस्तै मझौला ३५ र ठूला उद्योगको संख्या ३० छ । ती उद्योगहरुबाट ८ हजार सातसय जनाले रोजगारी पाउनेछन्।

 

Share News