अर्घाखाँची सिमेन्टद्धारा खाँचीकोटमा वृक्षारोपण, २ हेक्टर क्षेत्रफलमा १ हजार विरुवा रोपियो

  २०७३ असार २६ गते १३:३७     विकासन्युज

काठमाडौं, २६ असार । अर्घाखाँची सिमेन्टले अर्घाखाँची जिल्लाको खाँचीकोट गाविसमा वृक्षारोपण गरेको छ । कम्पनीले वातवरणीय संरक्षणलाई उच्च प्राथमिकता दिई २ हेक्टर भन्दा बढी जग्गामा १ हजार विरुवा रोपेको जनाएको छ ।
Arghakhachi_tree_plantaion
उक्त वृक्षारोपण कार्यक्रममा बोल्दै कम्पनीका महाप्रबन्धक महेन्द्र रावलले स्थानीयस्तरमा वातावरण संरक्षणको अभियानलाई सहयोग गर्न वृक्षारोपण गरिएको बताउए । उनले भने–‘अर्घाखाँची सिमेन्ट उद्योग वातावरणीय संतुलन कायम गर्नका लागि हर संभव प्रयासमा लागिरहने छ ।’ गुणस्तरीय उत्पादनमा जोड दिदै आएको अर्घाखाँची ओपीसि सिमेन्टले छोटो अवधिमा नै नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.