अप्टिकल फाइबर काटिदा सेवा अवरुद्ध

<p>बैतडी, २४ असार । अप्टिकल फाइबर काटिदा बैतडीलगायत सुदूरपश्चिममा स्काइ फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । बर्दियामा अप्टिकल फाइबर काटिदा बिहीबार रातिदेखि नेपाल टेलिकमले प्रदान गर्दै आएको सबै प्रकारका इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्राविधिक रामजी घिमिरले बताए । उनले भने, “अप्टिकल फाइबर मर्मत कार्य भइरहेकाले सेवा रोकिएको हो, छिट्टै फोन [&hellip;]</p>

बैतडी, २४ असार । अप्टिकल फाइबर काटिदा बैतडीलगायत सुदूरपश्चिममा स्काइ फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

बर्दियामा अप्टिकल फाइबर काटिदा बिहीबार रातिदेखि नेपाल टेलिकमले प्रदान गर्दै आएको सबै प्रकारका इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्राविधिक रामजी घिमिरले बताए ।
उनले भने, “अप्टिकल फाइबर मर्मत कार्य भइरहेकाले सेवा रोकिएको हो, छिट्टै फोन सेवा र इन्टरनेट सेवा सुचारु हुनेछ ।” रासस

Share News