साढे २४ हजार भूकम्प पीडितले पाए घर बनाउन ५० हजार

  २०७३ असार २३ गते ६:१७     विकासन्युज

काठमाडौं, २३ असार । सरकारले साढे २४ हजार भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ उपलब्ध गराएको छ । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयलाई उदृत गर्दै पुननिर्माण प्राधिकरणले दिएको जानकारी अनुसार असार २२ गते कार्यालय समय सकिँदासम्ममा २४ हजार ४ सय २८ परिवारको बैंक खातामा ५० हजार रुपैंयाँ राखिएको छ ।
anudan_samjhauta
हालसम्म दुई लाख २३ हजार ८ सय ३० घरधुरीसँग अनुदान सम्झौता सम्पन्न भएको छ । अनुदान सम्झौता सम्पनन्न भएको एक हप्ताभित्र कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत भूकम्प पीडितको बैंक खातामा ५० हजार रुपैयाँ राखिदिने प्रावधान रहेको छ ।

सरकार र प्रतिपक्षीका बिचमा पछिल्लो पटक भएको सहमति अनुसार भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि पहिलो किस्तामै एक लाख ५० हजार उपलब्ध गराउने उल्लेख थियो । दाताहरुसँग आवश्यक छलफल गरेर निजी आवास निर्माण सम्बन्धी कार्यबिधी परिमार्जन मार्फत कार्यान्वयन हुने प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.