अर्घाखाँची सिमेन्टको ‘सबैलाई थाहा छ, केहि बोल्नै पर्दैन’ अभियान शुरु

  २०७३ असार २१ गते १०:३३     विकासन्युज

काठमाडौं, २१ असार । अर्घाखाँची ओपीसी सिमेन्टको ‘सबैलाई थाहा छ, केहि बोल्नै पर्दैन’ अभियान शुरु भएको छ । जसको प्रवर्द्धन सिमेन्टका ब्राण्ड एम्बेसडर तथा नेपाली कलाकार सुनिल थापाले गरेका छन् ।

opc_cementकम्पनीले जनाएअनुसार उपभोक्तालाई अर्घाखाँची सिमेन्ट गुणस्तरिय भएको थाहा भएपनि बजारकै उत्कृष्ट ओपीसी सिमेन्ट हो भन्ने बुझाउन अभियान सुरु गरेको हो । साथै, उपभोक्ताहरुलाई सहि सिमेन्ट रोज्न र सुरक्षित भविष्यका लागि ध्यान दिन कम्पनीले सबैलाई सचेत पनि गराएको छ ।

घर निर्माणको कूल खर्चमध्ये करिब १० प्रतिशत खर्च मात्रै सिमेन्टमा प्रयोग हुने गर्छ । निर्माणमा गुणस्तरहिन सिमेन्ट प्रयोग नगरौं भन्ने उद्देश्यले चलाइएको जानकारीमुलक योजना “मूर्खता नगरौं, सहि सिमेन्ट नै रोजौं” पश्चात “आर्घाखाँचीको बारेमा त सबैलाइ थाहा छ” भन्ने अभियानको सुरुवात गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.