२०७३ असार २० गते ८:०४ विकासन्युज
काठमाडौं, २० असार । नेपाल एसबीआई बैंकको अध्यक्षमा कृष्णप्रसाद आचार्य चयन भएका छन् । आईतबार बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा आचार्यलाई चयन गरेको हो ।
आचार्य कर्मचारी संचय कोषको प्रशाशक (कार्यकारी प्रमुख) हुन् । यसअघि नविल बैंक, हिमालयन बैंकमा सञ्चालक भएर काम गरेका आचार्यले यूनाईटेड इन्स्योरेन्स, एनआईडीसी डेभलपमेन्ट बैंकमा कार्यकारी प्रमुख भएर काम गरेका थिए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.