२०७३ असार १३ गते ९:२० विकासन्युज
काठमाडौं, १३ असार । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिइओ) महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । अधिकारीलाई मन्त्रीपरिषद बैठकले गत बिहिबार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा चार वर्षका लागि नियुक्त गरेको थियो ।
पदभार ग्रहणसँगै सिइओ अधिकारीले ठुला विकासे परियोजनाको निर्माणमा तालिका बनाएर ठोस काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । केहि महिना अघि मात्रै नेपाल राष्ट्र बैंकको डेप्युटी गभर्नरबाट अवकास पाएका अधिकारी चाटर्ड एकाउटेण्ट हुन् ।
राष्ट्र बैंकमा राम्रो काम गरेको छवि बनाएका अधिकारीले लगानी बोर्डमा बसेर ठुला विकासे आयोजनाहरुमा लगानी भित्र्याउन तथा आयोजनालाई अघि बढाउन पनि उल्लेख्य भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.