लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा महाप्रसाद अधिकारी

  २०७३ असार १० गते ७:२४     bikashnews.com

Maha-Prasadकाठमाडौं, १० असार । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई आगामी चार वर्षको लागि नियुक्त गरेको हो । अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिले अधिकारी, निवर्तमान सिईओ राधेश पन्त र सरोज कोइरालाको नाम सिफारिस गरेको थियो ।

नबनियुक्त प्रमुख कार्यकारी अधिकृत अधिकारी नेपाल राष्ट्र बैंकको निवर्तमान डेपुटी गभर्नर हुन् । चाटर्ड एकाउन्टेट अधिकारीले नेपाल राष्ट्र बैंकमा वित्तीय क्षेत्रमा सुधारका लागि महत्वपूर्ण कार्यमा नेतृत्वदायी भूमिका खेलेका थिए । लगानी वोर्डमा चार वर्षको अवधिमा ठूलो परियोजना अगाडि बढाउन ऐतिहासिक काम गर्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.