२०७३ असार ९ गते ४:०६ विकासन्युज
काठमाडौं, ९ जेठ । नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) ले असार २९ गतेको लागि विशेष साधारणसभा बोलाएको छ । रुपन्देहीको सिद्धार्थ नगरमा बोलाईएको साधारणसभामा मुख्य अजेण्ड मर्जर सम्बन्धि छन् । मर्जर प्रक्रियामा यसअघि भएको निर्णयहरुको अनुमोदन गराउने र बाँकी कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने गरी चार वटा प्रस्ताव विशेष साधारणसभामा प्रस्तुत गरिनेछ ।
दुईवटा वाणिज्य बैंकहरु एनसीसी र कुमारी तथा चार वटा विकास बैंकहरु इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट, एपेक्स डेभलपमेन्ट, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंक सहित ६ वटा बैंकबीच मर्ज प्रक्रिया चलिरहेको छ । यी बैंकहरुबीच मर्जर सम्वन्धि स्वाप रेसियोमा समेत सहमति भईसकेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.