२०७३ असार ८ गते १२:२५ विकासन्युज
काठमाडौं, ८ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुनसरी जिल्लाकोे लौकही गा.वि.समा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बुधबार देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकले ९३औँ शाखा रहित उक्त सेवाको शुभारम्भ गरेको छ ।
उक्त शाखारहित बैंकिङ्ग सेवा बैंकका इटहरी शाखाका शाखा प्रमुख सुब्रत रोयले उद्घाटन गरेका हुन् । साथै, बैंकले सोहि शाखारहित बैंकिङ्ग सेवा संचालनका लागि स्थानीय व्यवसायी अशोक कुमार यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ ।
बैंकिङ्ग सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैकिङ्ग सेवा जस्तै निक्षेप संकलन, रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु शाखारहित बैंकिङ्ग मार्फत उपलब्ध गराई राखेको बैंकले जनाएको छ । यस सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ्ग साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ्ग कारोवारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.