२०७३ असार ७ गते ८:०७ विकासन्युज
काठमाडौं, ७ असार । सिद्धार्थ बैंक लिमिटेड र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार शुरु भएको छ । मर्जर पश्चात् मंगलबार एक औपचारिक समारोहका बीच सिद्धार्थ बैंक लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको बैंकले जनाएको छ ।
बैंकको एकीकृत कारोबारको समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गरेका हुन् । बैंकले आगामी दिनहरुमा एक सबल र सुदृढ बैंकको रुपमा आफ्ना ग्राहकहरुका विविध बैंकिङ्ग आवश्यकताहरुलाई अझ प्रभावकारी रुपमा पुरा गर्ने लक्ष्य लिएको छ ।
मर्जर पश्चात् सिद्धार्थ बैंकको कुल पुँजी ३ अर्ब २ करोड रुपैयाँ भएको बैंकले जनाएको छ । साथै, बैंकले १ अर्ब ९० करोड रुपैयाँ मुनाफा र १ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको विज्ञप्तिले जनाएको छ । हालसम्ममा ६२ अर्ब १० करोड रुपैयाँ कुल निक्षेप संकलन गर्न र ५३ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको बैंकले जानकारी गराएको छ ।
मर्जर पश्चात् बैंकले नेपालभर ६९ शाखा, ८१ ए.टि.एम र ६५ स्थानमा शाखारहित बैंकिंग सेवाको माध्यमबाट उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्ने बैंकले बताएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.