नेपालको पर्यटन, जलविद्युत् र हवाई क्षेत्रमा क्यानडा लगानी गर्न इच्छुक

  २०७३ असार १ गते १०:४८     विकासन्युज

काठमाडौं, १ असार । नेपालका लागि क्यानडा राजदूतावासका उपप्रमुख जेस डटोनले नेपालमा आफ्नो राजदूतावास खोल्न उत्साहित भएको बताएका छन् । नेपाल, क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घद्वारा बुधबार आयोजित स्वागत कार्यक्रममा उनले आफ्नो देश नेपालको पर्यटन, जलविद्युत् र हवाई क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए । नेपाल विश्वकै आकर्षक गन्तव्य रहेको उनको भनाइ छ ।

nepal_canadaसोही अवसरमा नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घका अध्यक्ष हिरण्यलाल श्रेष्ठले नेपाल र क्यानडाको सम्बन्ध राज्यस्तरबाट जनस्तरमा पुु¥याउन आफू क्रियाशील रहेको बताए । सङ्घका सहअध्यक्ष प्रा डा प्रदीप खड्का, उपाध्यक्ष प्रा डा गोपाल पोखरेल, सचिव खड्क थापा, सीमाविद वुद्धिनारायाण श्रेष्ठलगायतले नेपाल र क्यानडाको सम्बन्ध तथा विकासका बारेमा चर्चा गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.