पैसा कमाउनेलाई बधाई, खुशी बाढ्नेलाई ताली

  २०७३ जेठ २१ गते ४:३५     विकासन्युज

Basanta_chaudari-150x150३ फागुन, विकासन्युज । एक वर्षमा २० अर्ब सम्पत्ति थपेर फोब्स म्यागजिनमा नाम माथि उक्लिएपछि दाजु विनोद चौधरीलाई गत साता बधाई थाप्न भ्याईनभ्याई । तर उनका भाई बसन्त चौधरी अर्कै संसारमा रमाईरहेका थिए ।
उनी ‘दभ इन द एयर’मा मनाउन व्यस्त थिए । उनीलाई भ्यालन्टाइड डेमा दर्शकलाई प्रेम कहानी कविता सुनाउन आतुर थिए । फेब्रअरी १४, फागुन दुई, भ्यालेन्टाइन डे, छातीमा रातो गुलाब टाँसेर बसन्त चौधरी राजधानीको रंगिन मञ्चमा उक्लिए र गाएः
‘तिम्रो मायामा म बहकिएँ
यसलाई म हार भनूँ कि जित’

कवि तथा गीतकार बसन्त चौधरीले कविता पाठ गर्दा दीर्घाका श्रोताहरूले साँचो अर्थमा प्रेमिल दिवसको अनुभूति गरे । ‘भ्यालेन्टाइन डे’ का अवसरमा फागुन २ गते राजधानीमा आयोजित ‘लभ इन दी एयर’ अन्तर्गत कवि चौधरीले आफूले २२ वर्षअघि रचेकादेखि हालै रचेकासम्म झन्डै डेढ दर्जन प्रेमिल कविता स्ुनाउँदा श्रोताहरू उमङ्गले झुमेका थिए ।
पे्रम नै जीवनको सार हो, राष्ट्रभक्तिभन्दा अर्को ठूलो भक्ति छैन र शान्तिका लागि सबैले आ–आफ्नो ठाउँबाट हरसम्भव प्रयत्न गर्नुपर्छ भन्ने मान्यतामा दृढ देखिए कवि चौधरी । चौधरीले कविता वाचन गर्ने क्रममा भने, ‘प्रेमलाई सजिलै व्यक्त गर्न सकिँदैन, सीमित शव्दमा यो व्यक्त हुनै सक्तैन । उनको आफ्नो अभिव्यक्ति थियो, ‘यो खालि हृदयले बुझ्छ र यसैले मात्र व्यक्त गर्न सक्छ ।

प्रेमले लपक्क भिजेका शव्द र वाक्यहरू पाठ गरिरहँदा श्रोता हर्षोल्लासले उम्लिएर कर्तलध्वनिले समर्थन गरिरहेका देखिन्थे । पाका प्रेमीहरू हल्लाका बीचमा हल्का ताली बजाउँथे भने नवयुवाहरू दिल खोलेर आफ्ना प्रेमिल अभिव्यक्ति साटिरहेका देखिन्थे । कवि चौधरीले कविता पाठ गरिरहेकै अवसरमा जब एउटा आफ्नो हिन्दी गजल स–स्वर स्ुनाए अनि श्रोता झन् रोमाञ्चित भएर हत्केला तातुन्जेल ताली बजाए ।
पाँचवटा पुस्तक, आठवटा सीडी एल्बम र ९० वटा गीत रेकर्ड गरिसकेका कवि–गीतकार चौधरीका प्रेमिल दिवसकै अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, ललिककला प्रज्ञा–प्रतिष्ठान र सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति त्रय क्रमशः गङ्गाप्रसाद उपे्रती, राघिनी उपाध्याय र सरुभक्तले गीतकार चौधरीका तीनवटा नवीनतम गीति एल्मबहरूको संयुक्त रुपमा विमोचन पनि गरेका थिए । यी एल्बमहरूमा वसन्त बेला, ‘कुछ ख्वाइशें कुछ बन्दिशें’ र ‘मुमेन्ट्स् अफ लभ’ थिए ।
सो अवसरमा गायक–गायिकाहरूमध्ये विश्व नेपाली, वाणिका प्रधान, मनोज राई, पवनराई र प्रकाश रसाइलीले एल्मबका नेपाली तथा हिन्दी गीत–गजलहरू गाएर स्ुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.