कहिले गुड्छ काठमाडौंमा मेट्रो रेल ? कति पर्छ लागत ?

  २०७३ वैशाख १९ गते १६:५५     विकासन्युज

चैत ८ गते प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा राजधानीमा मेट्रो रेल सञ्चालन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । त्यति मात्रै होइन सो सम्झौतामा नेपालको सिमासम्म रेल सञ्जाल विस्तार गर्ने नेपालकै प्रमुख शहरहरुकाबिचमा रेल वे सेवा विस्तार गर्न समेत चीनले सघाउने उल्लेख थियो । त्यसो त चुन्सुङ नामक कोरियन कम्पनीको संयुक्त टिम र इएमआरसी नामक नेपाली कम्पनीले सन २०११ मै उपत्यकामा मेट्रो रेल निर्माणबारे विस्तृत  अध्ययन प्रतिवेदन तयार पारिसकेका थिए । सो अध्ययनका अनुसार उपत्यकाको रिङ रोडमा मेट्रो रेड गुडाउने परिकल्पना गरिएको थियो । त्यसको लागत प्रति किलोमिटर चार अर्ब ५० करोड हुने बताईएको थियो ।

bikashnews,com

‘बिभागको अगुवाईमा पहिले नै एउटा रिपोर्ट तयार भैसकेको थियो, त्यो रिपोर्ट हामीले सरकारलाई बुझाईसकेका थियौं, त्यसपछि के के भयो थाहा भएन’ रेव वे विभागका इन्जिनियरङ नवराज भट्टले भने । १० बर्षसम्ममा निर्माण सम्पन्न गर्ने सो प्रतिवेदनमा उल्लेख थियो ।

उनका अनुसार सो मेट्रो रेललाई रिङ रोड घुमाउने योजना छ । त्यसका अलवा बिभिन्न पाँच वटा स्थलबाट रिङ रोड भित्र ल्याउने सो रिपोर्टमा उल्लेख थियो । केहि स्थलमा सुरुङ खनेर समेत रेल गुडाउने पर्ने भएकाले सो क्षेत्रको लागत प्रति किलोमिटर ६ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको थियो । विभागले सो अध्ययन प्रतिवेदनलाई लगानी बोर्डमा पठाएको थियो ।
ktm_metro_train
हाल फेरी लगानी बोर्डले उपत्यकामा मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययन गराईरहेको छ । बैशाख १५ गते बसेको बोर्डको बैठकले सम्भाव्यता अध्ययनका लागि थप ४ महिना समय उपलब्ध गराउने निर्णय गरेको थियो । बोर्डले काठमाडौंमा मेट्रो रेल निर्माणका लागि अध्ययन गर्न एक मलेसियन कम्पनीलाई जिम्मा दिएको थियो । दुई महिना अघि मेट्रो रेलको सम्भाव्यता अध्ययन थालेको कम्पनीका लागि बोर्डले थप चार महिनाको समय उपलब्ध गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.