लै हेर्नाेस पेट्रोलको ब्ल्याक मार्केट, कहाँ कुन मुल्य ?

  २०७२ कार्तिक १० गते १६:३८     विकासन्युज

नारायण पौडेल

काठमाडौं, १० कात्तिक । सरकारले निजी सवारी साधनलाई पेट्रोल दिन छाडेको हप्तौं बितिसक्यो । तर पनि राजधानीमा निजी नम्बर प्लेटका सवारी साधन कुदेकै छन् । भलैं त्यसको संख्यामा केहि कमि आएको छ तर पनि मोटर साईकल र निजी कारहरु राजधानीका सडकमा अझै ठुलो मात्रामा गुडिरहेका छन् । त्यसको रहस्य खोतल्ने हो भने पेट्रोलियम कारोबारमा सेना, प्रहरी र शसस्त्रको कालोबजार प्रस्टैसँग भेटिन्छ । त्यसका अलवा तराईबाट आउने ब्ल्याक मार्केटको पेट्रोलले पनि ठुलो हिस्सा ओगटेको छ ।

पछिल्लो केहि दिनदेखि आन्दोलनकारीले मोटरसाईकल गुडाउन समेत कडाई गरिरहेको भएपनि पुर्वपश्चिम राजमार्ग आसपासमा ब्ल्याक मार्केटमा जति पनि पेट्रोलियम पदार्थ खरिद गर्न पाईन्छ । पुर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मै राजमार्ग किनारका शहररुमा पेट्रोलको ब्ल्याक मार्केट प्रशस्तै भेटिन्छन् । पुर्व नेपालको सुनसरीस्थित इटहरीबाट सुमन उप्रेतीले दिएको जानकारी अनुसार सो क्षेत्रमा प्रतिलिटर १८० रुपैंयाँ तिरेपछि पेट्रोल किन्न पाईन्छ ।
निजगढका निर्दोष घोरासैनीले २५० रुपैंयाँमा स्थानिय बजारमा पेट्रोलको ब्ल्याक मार्केट चलिरहेको बताए भने हेटौडाका सहदेव भण्डारीले ३५० रुपैंयाँमा लोकल मार्केटमा बिक्रिवितरण भैरहेको जानकारी दिए । सुदुरपश्चिम नेपालको कैलालीस्थित धनगढी बजारबाट जनक भुलले दिएको जानकारी अनुसार सो क्षेत्रमा पनि १८० रुपैंयाँ तिरेपछि पेट्रोल किन्न पाईन्छ ।

कसरी ल्याईन्छ पेट्रोल ?
राजमार्ग आसपासका पहाडी तथा मधेशी मुलका नेपालीहरु आन्दोलनकारीको आँखा छलेर सिमा पारि जान्छन र मोटरसाईकलको ट्यांकी भरी पेट्रोल भर्छन् । सिमापारी जाँदा पनि मानिस बोकर जाने र भाडा असुल्न समेत पाउने भएकाले उनीहरुलाई दोहोरो फाईदा हुन्छ । उताबाट आउँदा कहिले काँही प्लाष्टिकका ग्यालिनमा समेत पेट्रोल बोकेर आउँछन् । यसरी सिमापारिबाट पेट्रोल बोकेर ल्याउनु कम जोखिमपूर्ण भने हुन्न । कथंकदाचित आन्दोलनकारीको फेला परियो भने ज्यानै समेत  जाने खतरा भने रहन्छ नै । तर उनीहरु आन्दोलनकारीको आँखा छल्दै पेट्रोलियम पदार्थको ब्ल्याक मार्केट चलाईरहेका छन् । कहि कहिँ भने यसरी पेट्रोल ओसार्न छोटी भन्सार तथा स्थानिय नाकाहरुको समेत उपयोग हुने गरेको छ ।
petrol_black_market
यसरी ज्यानै जोखिममा हालेर ल्याएको पेट्रोल बजार भाउमा बेच्ने सवालै उठ्दैन् । तब उनीहरुको मोलमोलाई सुरु हुन्छ । कतिपय अवस्थामा भने तारपिनको तेल समेत मिसाएर पेट्रोल बेच्ने गरेको पनि गुनासो सुनिन्छ । मोटरसाईकलको ट्यांकीमा ल्याईको पेट्रोल प्लाष्टिकको ग्यालिनमा खन्याएर ब्ल्याक मार्केटमा बेच्ने गरिएको छ ।

राजधानी कसरी ल्याईन्छ ?
यसरी जम्मा गरिएको पेट्रोल स्थानिय भाउ अनुसार किनबेच हुन्छ र १० देखि ५० लिटरसम्मका प्लाष्टिकका ग्यालिनमा भरिन्छ । अनि बस तथा ट्रकमा हालेर राजधानीमा भित्र्याईन्छ । बिच बाटोमा प्रहरीले ठाउँ ठाउँमा चेकजाँच गरेपनि सय पचास रुपैंयाँ दिएर उम्काउने गरिएको छ । यति सेटिङ मिलाएर राजधानी भित्रिएको पेट्रोल न्युनमतम पाँच सयदेखि सात सय रुपैंयाँसम्ममा बिक्रि हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.