हिन्दकुश भूकम्पले किन गरेन ठुलो क्षति ?

  २०७२ कार्तिक १० गते १०:४७     विकासन्युज

काठमाडौं, १० कात्तिक । अफगानिस्तानको हिन्दकुशस्थित पहाडी क्षेत्रलाई केन्द्र बिन्दु बनाएर सोमबार गएको ७ दशमलब ५ म्याग्नीच्युडको भूकम्पमा परि २६० जना भन्दा बढिको मृत्यु भएको छ भने दुई हजार भन्दा बढि मानिस घाईते भएका छन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा उद्धार कार्य कठिन रहेकाले हताहती हुनेहरुको संख्या अझै बढ्न सक्नेछ ।

Bikashnews.com
मृत्यु हुनेहरु मध्ये १२ जना अफगानी स्कुले बालबालिका रहेको बताईएको छ । भूकम्पसँगै भागदौड मच्चिदाँ उनीहरुको मृत्यु भएको स्थानिय उद्धारकर्मी तखारलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।
अफगानिस्तानका प्रमुख प्रशासक अब्दल्लाह अब्दुल्लाहले पछिल्ला दशकहरुमा आएको भूकम्प भन्दा ठुलो भूकम्प सोमबार आएको बताएका छन् । भूकम्प पीडितको उद्धार तथा राहत वितरणमा सरकार सबै शक्ति प्रयोग गरेर लागि परेको पनि उनले बताएका छन् ।
मृत्यु हुनेहरुमध्ये अधिकांश उत्तरी पाकिस्तानमा कम्तिमा २१४ जनाको मृत्यु भएको बताइएको छ ।
खाईबर प्रान्तमा मात्रै १७९ जनाको मृत्यु भएको छ भने १८०० जना भन्दा बढिका घाईते भएका छन् ।
पाकिस्तानी सञ्चार मन्त्रीले घडीको सुई सँगै निरन्तर उद्धार र राहतको काम जारी राख्ने घोषणा गरिसकेका छन् ।
भारत, इरान, अमेरिका लगायतका मुलुकहरुले पाकिस्तानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् ।

जोनाथन वेबः बिबिसी विज्ञान रिपोर्टर
विश्वमा बर्षेनी ७ रेक्टर माथीका २० वटा भूकम्प जान्छन् । हिन्दकुश क्षेत्रमा सोमबार गएको भूकम्प ७ दशमलब ५ म्याग्नीच्युडको हो ।
यो भूकम्पले जमिन भन्दा २०० किलोमिटर तल केन्द्र बिन्दु बनाएकाले पनि ठुलो धनजनको क्षति भएन् । नेपालमा गत बैशाख १२ गते आएको ७ दशमलब ८ म्याग्नीच्युडको भूकम्प जमिन भन्दा जम्मा ८ किलोमिटर तल सेन्टर पारेको थियो । त्यस कारण सो भूकम्पले ९ हजार मानिसको मृत्यु भयो भने पाँच लाख घर पूर्णरुपमा क्षतिग्रस्त बने अनि ८ हजार भन्दा बढि मानिस घाईते भए ।
सन २००५ कस्मिरमा गएको भूकम्प जमिनबाट २६ किलोमिटर तल सेन्टर पारेको थियो र त्यो ७ दशमलब ६ म्याग्नीच्युड स्केलको थियो । यसले ७५०० जनाको मृत्यु भएको थियो ।
भूकम्पले अफगानिस्तान, पाकिस्तान, भारत र नेपालमा समेत ठुलो धक्का महशुस गराएको थियो । भारतको राजाधनी दिल्लीबासीहरु भूकम्पको धक्काका कारण सडकमा झरेका थिए ।(एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.