विद्या भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने एमाले निर्णय

  २०७२ कार्तिक ९ गते ११:४०     विकासन्युज

Bikashnews.com

काठमाडौं, ९ असोज । नेकपा(एमाले)ले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । अब मुलुकले बुधबार नयाँ राष्ट्रपति पाउनेछ । आधा दर्जन राजनीतिज्ञहरुको चर्चा भएपनि अन्नतः एमाले उपाध्यक्ष विद्या भण्डारी मुलुकको दोश्रो तथा प्रथम महिला राष्ट्रपति बन्ने सम्भावना प्रवल बनेको छ । सत्ता रुढ दलहरुका तर्फबाट भण्डारीले उम्मेदवारी दिनेछिन् । भर्खरै सम्पन्न एमाले स्थायी कमिटी बैठकले  भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेबाटै पुर्व अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल र पुर्व सभामुख सुभाषचन्द्र नेम्बाङको नाम समेत चर्चामा रहेको थियो  तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालल समेत भण्डारीलाई राष्ट्रपति बनाउने पक्षमा उभिएपछि भण्डारीको उम्मेदवारी पक्का भएको हो ।

रामवरण, खिलराज र केबी गुरुङ पनि रेसमा
काँग्रेसले राष्ट्रपतिमा तीन जनाको नाम अघि सारेको छ । उसले पहिलो प्राथमिकतामा वर्तमान राष्ट्रपति डा. रामवरण यादवलाई अघि सारेको छ । सर्व सम्वतः रुपमा डा. यादवलाई पुनः राष्ट्रपति बनाउनु पर्ने काँग्रेसको तर्क छ ।
rambaran_khilraj_kb
उसले निर्वाचन भएर जित्ने अवस्थामा अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई उम्मेदवार बनाउने आन्तरिक तयारी समेत गरेको छ । तर रेग्मी पनि चुनाव लडेर राष्ट्रपति बन्ने सोँचमा नरहेको श्रोतले बतायो । त्यस्तो अवस्थामा काँग्रेसले पुर्व महामन्त्री केबी गुरुङलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेछ ।
एकिकृत माओवादीको भागमा परेको उप राष्ट्रपति पदमा भने जनमुक्ती सेनाका पुर्व प्रमुख नन्दकिशोर पुनको नाममा अघि सारिएको छ ।
काँग्रेस नेतृत्वको विपक्षी गठबन्धनले भने मधेशी मुलुका नेतालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी थालेको छ ।

संबैधानिक व्यवस्था
नेपालको संविधानको धारा २९७ को उपधारा ९२० बमोजिम राजनीतिक सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयन हुने व्यवस्था छ । संविधानको धारा २९७ को उपधारा ९३० ले भने बहुमतिय प्रक्रियाद्धारा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने व्यवस्था गरेको छ ।
व्यवस्थापिका संसद सचिवालयले बहुमतिय प्रक्रियाका लागि कात्तिक १० अर्थात भोली बिहान १० बजेदेखि अपराह्न १ बजेका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ ।

सहमतिका आधारमा आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा तोकिएको थियो । काँग्रेस र एमाले दुबैले राष्ट्रपतिमा दावी नछाडेपछि निर्वाचन प्रक्रिया निश्चित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.