भारतीय नाका बन्दीसँगै देशैभर इन्धनको कालोबजारी

  २०७२ कार्तिक ८ गते १४:५०     विकासन्युज

army10काठमाडौं, ८ कात्तिक । भारतले जारी राखेको अघोषित नाका बन्दीका कारण मुलुकभर इन्धनको चरम अभावसँगै कालोबजारी पनि बढेको छ । सिमावर्ती जील्लाबाट मोटरसाईकल र प्लाष्टिकका ग्यालिनमा पेट्रोलीयम पदार्थ नेपाल भित्र्याएर पुर्वपश्चिम राजमार्ग हुँदै देशका प्रमुख शहर तथा काठमाडौंसम्म पेट्रोलीयम ढुवानी भैरहेको छ । सरकारले त्यसरी पेट्रोलीयम पदार्थको ढुवानीमा कडाई गरेको भएपनि स्थानिय प्रशासनको समेत मिलेमत्तोमा देशैभर पेट्रोलीयम पदार्थको कालोबजारीले प्रश्रय पाईरहेको हो ।

राजधानीमा भित्रिने सबै जसो सवारी साधनमा ग्यालिनका ग्यालिन पेट्रोलीयम पदार्थ ओसार्ने गरिएको छ । बिभिन्न नाकामा चेकजाँचका लागि बसेका प्रहरीहरुले घुस खाएर त्यसरी पेट्रोलीयम पदार्थ भित्र्याउने जाँचोपाँचो मिलाउने गरेका छन् । मुख्यतया झापा, मोरंग, सुनसरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही लगायतका जिल्लाहरुबाट पेट्रोलीयम पदार्थको कालोबजारीको चाँजोपाँजो मिलाउने गरिएको छ । भारतीय नम्बरको मोटरसाइकलको ट्याकीमा ल्याएको पेट्रोल ग्यालेन वा पानीको बोतलमा खन्याएर बिक्री गर्ने गरिएको छ ।

Bikashnews.com

यसरी ल्याइएको पेट्रोल प्रतिलिटर १५० देखि १८० सम्ममा बिक्री गर्ने गरिएको छ । तेलको कालोबजारी भारतीयले मात्र नभई सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीले पनि गर्ने गरेका छन् । कतिपयले भारतीय नम्बरको मारुती भ्यान तथा बोलेरोमा ग्यालेनमा पेट्रोल राखेर ल्याई अनधिकृत व्यापार गर्ने गरेका छन् । काँकरभिट्टाका एक व्यापारीले पेट्रोल राजधानी र पोखरासम्म पु¥याउने गरेको स्वीकार्दै प्रतिलिटर ५०० सम्ममा पेट्रोल बिक्री गरेको बताए ।

पेट्रोलको डिमाण्ड बढि
राजधानीसहित देशभर पेट्रोलको डिमाण्ड उच्च रहेको छ । सरकारले नीजि सवारी साधानलाई पेट्रोल नदिने निर्णय गरेसँगै त्यसको डिमाण्ड बढेको हो । कालोबजारीमा संलग्नहरुले पनि पेट्रोलकै ढुवानीलाई प्राथमिकतामा राख्ने गरेका छन् । दुई गुणा भन्दा बढि मुल्यमा बेच्न पाईने भएपछि पुर्वपश्चिम राजमार्ग आसपासका शहरहरुमा पेट्रोलीयम पदार्थको कालोबजारी पेशा जस्तै बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.