असोजमा काठमाडौबाट १० लाख बाहिरिए, १३ लाख भित्रिए

  २०७२ कार्तिक २ गते ११:२१     विकासन्युज

काठमाडौँ, १ कात्तिक । विगत १ महिनादेखि काठमाडौं उपत्यकामा ग्यास छैन, पेट्रोल छैन, सार्वजनिक सवारीसाधन चलेका छैनन् । बजार पसलहरु बन्द छन् । तर एउटा अनौठो तथ्य सार्वजनिक भएको छ ।

त्यो तथ्य हो असोज महिनामा काठमाडौवाट वाहिरिने भन्दा भित्रिने यात्रुको संख्या करिब ३ लाखले बढी छ । ट्राफिक प्रहरीले दिएको यस्तो तथ्यांकले काठमाडौप्रतिको आम मानिसको सोचाइ निकै भिन्न रहेको पुष्टी गरेको छ ।

इन्धनको अभावले गर्दा यस वर्ष दसैँमा उपत्यकाबाट बाहिरिने यात्रु घटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । असोज महिनाभरमा उपत्यका बाहिर गएका एक लाख ३२ हजार ९ सय ५१ सवारी साधनमा १० लाख ५५ हजार २ सय ३२ मानिस बाहिरिएका छन् ।

यहि समयमा उपत्यका भित्रिएका एक लाख ३१ हजार २ सय ६६ सवारीमा १३ लाख १७ हजार ३ सय ४२ यात्रु प्रवेश गरेको महाशाखाका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

‘यस वर्ष तराईमा आन्दोलन र भारतसँगको सीमा नाकाबन्द रहेकाले उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढेको हुनसक्छ’– प्रवक्ता भट्टले भने । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.