जागिर खान धितो पत्र बोर्डमा आएको होइनः अध्यक्ष कार्की

  २०७२ कार्तिक १ गते १७:३२     विकासन्युज

काठमाडौं, १ कात्तिक । नेपाल धितो पत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. रेवत बहादुर कार्कीले आफु जागिर खाने उदेश्यले बोर्डमा नआएको बताएका छन् । आइतबार पदभार ग्रहण गर्दै कार्कीले जागिर खाने उदेश्यले नभएर बोर्डलाई सुधार गर्ने योजनासहित नेतृत्वमा आएको दावी गरेका हुन् ।

Bikashnews.com

Bikashnews.com

उनले बोर्डका सुधारका तत्कालिन, मध्यकालिन र दिर्घकालिन योजना आफुसँग रहेको बताउँदै केहि गरेर देखाउने प्रण समते गरे । ‘म जागिर खान धितो पत्र बोर्डमा आएको होइन, यसलाई सुधार गर्न आएको हुँ, मसँग योजना छन हेर्दै जानोस अब बोर्डमा व्यापक सुधार हुन्छ’, कार्कीले भने ।
बोर्डलाई प्रबिधी मैत्री बनाउनेदेखि नेप्से, लगानी कर्ता, ब्रोकरलाई समेत दक्ष र शसक्त बनाउने योजना अघि सार्ने बताए । कर्मचारी थप्ने, आन्तरिक प्रशासनमा सुधार, लगानी मैत्री स्टक मार्केटको विकास लगायतका काम गरेर सुधारलाई मुर्त रुप दिने बताए ।
आईपिओ जारी गर्दा लाग्ने खर्च घटाउने, नागरिक लगानी कोषलाई सस्थागत लगानी कर्ता बनाउने, ब्रोकर कमिसनलाई व्यवस्थित गर्ने तथा सेयर बजारको लगानीलाई विशिष्टीकरण गर्ने पनि बताए ।

ब्रोकरहरुको सहायक संस्था खोलेर बजार निर्माताको भूमिकामा स्थापित गर्ने योजना समेत उनले अघि सारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.