इन्धन मात्रै होइन नेपालले मागेको सबै सहयोग गर्छाैः चीन

  २०७२ असोज २९ गते १७:०८     विकासन्युज

Bikashnews.com

काठमाडौं, २९ असोज । चीन सरकारले नेपालले आवश्यक ठानेका सबै क्षेत्रमा सहयोग गर्न तयार रहेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुय चुनियाङले नियमित साप्ताहिक पत्रकार सम्मेलनमा नेपाल सरकारले मागेका हरेक खाले सयोग गर्न चीन सरकार तयार रहेको बताएकी हुन् ।

रसुवास्थित केरुङ नाका सञ्चालनमा आएको र सो नाकाबाट चीन सरकारले नेपाललाई सहयोगस्वरुप केहि ट्रक खाद्यान्न उपलब्ध गराएको उनले बताइन् । नेपालले चाहे इन्धन लगायतका सबै बस्तु उपलब्ध गराउने उनले प्रतिवद्धता व्यक्त गरेकी थिईन् ।

पत्रकार सम्मेलनमा उनलाई सोधिएको थियो–
भूकम्पले अवरुद्ध गरेको केहि समयपछि नेपाल र चीनबिचको जिलुङ नाका पुनः सञ्चालनमा आएको छ, के चिनियाँ पक्षले नेपालमा पनि पठाउँछ ?
हुय चुलियाङको जवाफ थियो–गत अप्रिल अर्थात बैशाख १२ गतेको भूकम्पपछि अवरुद्ध बनेको नेपाल चीनको जिलुङ नाका पुनः सञ्चालनमा आएको छ । बिहिबार बिहान हामीले केहि खाद्यान्न नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएका छौं । नेपालले आवश्यकता ठानेको सबै क्षेत्रमा सहयोग गर्न चीन सरकार तयार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.