छतको यात्रा जिवन खतरा (फोटो फिचरसहित)…………

  २०७२ असोज २८ गते १५:४०     विकासन्युज

Bikashnews.com

काठमाडौं, २८ असोज । भारतले अघोषित नाका बन्दीगरेपछि राजधानीसहित देशभरको जिवन कष्टकर बनिरहेको छ । चुलोमा ग्यास बल्न छाडेको छ भने अन्य अत्यावश्यक वस्तुहरुको पनि अभाव हुन थालिसकेको छ । इन्धनको अभावमा सडकमा सवारी साधनको संख्या ह्वात्तै घटेको मात्रै छैन क्रमशः नगन्य बन्दै गएको छ ।

vehicle

दशैंमा गाउँ जान गाडी नपाउने र राजधानीमै बस्दा खाना खान नपाउने दर्दनाक अवस्थमा सर्वसाधारणको दैनिकी पुगिसकेको छ ।राजधानीका लोकल रुटहरुमै पनि सार्वजनिक सवारी साधन नगन्य मात्रामा मात्रै सञ्चालनमा छन् । निजी सवारी साधनले इन्धन पाउन छाडेको त झन हप्तौं भैसक्यो । मंगलबार निजी सवारी साधनलाई इन्धन दिने भनेर आव्हान गरिएपनि ६० प्रतिशत भन्दा बढिले इन्धन पाएनन् ।
chhattko_yatra
छतको यात्रा जिवन खतरा भन्ने ट्राफिक प्रहरीकै अगाडीबाट छतभरी यात्रु राखेर गाडी गुडाउनु पर्ने अवस्था आएको छ । सर्वसाधारणले छतमै बसेर यात्रा गर्छु भन्दा पनि सम्भव नहुने अवस्था बनिसकेको छ । नेपाल आयल निगमले ग्लोबल टेण्डर मार्फत इन्धन ल्याउने भनेपनि भारतले नाका बन्दी खुलाउँछ की भनेर पर्खिरहेको छ ।
vehicle222
दरखास्त बुझेको एक हप्ता हुँदा समेत निगमले अझै कुन कम्पनीलाई इन्धन आपुर्तिको जिम्मा दिने भन्ने टुंगो लगाएका छैन् । निगमका निर्देशक सुशिल भट्टराईले एक दुई दिन भित्रै इन्धन ल्याउने कम्पनीको छिनोफानो गर्ने बताएका छन् । तर लगनपछिको पोते भने झै दसैंले छोपीसकेपछि वा भारतले इन्धन दिन थालिसकेपछि दिईने अनुमतिले कुनै अर्थ राख्दैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.