बिहिबार साढे दुई लाख लिटर डिजेल र ३३ हजार लिटर पेट्रोल बाँढिदै

  २०७२ असोज २८ गते १४:५०     विकासन्युज

काठमाडौं, २८ असोज । नेपाल आयल निगमले बिहिबार थानकोट डिपोबाट दुई लाख ६७ हजार चार सय लिटर डिजेल र ३३ हजार लिटर पेट्रोल वितरण गरिरहेको छ । निगमले थानकोट ठिपोबाट ६० वटा पम्पलाई डिजेल र ८ वटा पम्पलाई पेट्रोल उपलब्ध गराएको हो ।

disel_

निगमले डिजेल क्रमशः तीन हजार लिटर, चार हजार लिटर, ६ हजार, नौ हजार देखि १२ हजार लिटर र २० हजार लिटरका दरले पम्पहरुलाई उपलब्ध गराएको छ । १४ पम्पले ती हजार लिटर, २९ वटाले चार हजार, १३ वटाले ६ हजार र एउटा पम्पले ९ हजार तथा अर्काेले १२ हजार र अर्काे एउटाले २० हजार लिटर डिजेल पाएका छन् ।

petrol

निगमले ८ वटा पम्पलाई तीन हजार, चार हजार र ६ हजारका दरले पेट्रोल उपलब्ध गराएको हो ।
निगमको थानकोट डिपोले बागमति अञ्चलभर इन्धन वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.