पेट्रोलियम पदार्थ किन्न ग्लोबल टेण्डर, इन्धनमा भारतीय एकाधिकार तोडिने

  २०७२ असोज २१ गते १०:५३     विकासन्युज

काठमाडौं, २१ असोज । इण्डियन आयल कर्पाेरेशनले पेट्रोलिमय पदार्थ नदिएपछि नेपाल आयाल निगमले ग्लोबल टेण्डर आव्हान गरेको छ ।निगमले अन्य विदेशी कम्पनीसँग पेट्रोलियम पदार्थ खरिद गर्न तीन दिन भित्र कोटेशन उपलब्ध गराउन आग्रह गर्दै ग्लोबल टेण्डर आव्हान गरेको हो ।

निगमले बिहिबार सार्वजनिक सूचना प्रकाशित गर्दै के कति मुल्यमा कति परिणाममा पेट्रोलियम पदार्थ उपलब्ध गराउने सकिने हो सो व्यहोरो सहितको आवेदन तीन दिन भित्र भर्न आव्हान गरेको हो । दशैं तिहारलाई लक्षित गर्दै निगमले १५ दिनका लागि डिजेल तथा पेट्रोल, हवाई इन्धन, मट्टितेल र खाना पकाउने एलपी ग्यासँका लागि टेण्डर खोलेको हो ।

निगमले १५ दिन भित्र आपुर्ति गर्नु पर्ने सर्त सहित २०० किलोलिटर डिजेल, १०० किलोलिटर पेट्रोल, हवाई इन्धन र मट्टितेल २००/२०० सय किलोलिटर तथा खाना पकाउने एलपी ग्याँस १०० मेट्रिकटन खरिद गर्ने जनाएको छ ।

nepal ayal nigam ko suchana

निगमले खोलेको ग्लोबल टेण्डरसँगै नेपालमा इन्धन आपुर्ति गर्ने भारतीय एकाधिकार पनि तोडिनेछ । निगमले दशैं, तिहार लगायतका चाड पर्वमा इन्धन आपुर्ति सहज बनाउन भन्दै टेण्डर आव्हान गरेको हो । बिहिबार बसेको मन्त्रीपरिषद बैठकले इन्धन आपुर्तिको सबै विकल्प अघि बढाउन बाणिज्यमन्त्रालय मार्फत नेपाल आयल निगमलाई निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.