६ फाइनान्स कम्पनीको चुक्ता पूजी बृद्धिको योजना यस्तो छ

  २०७२ असोज ५ गते १०:५९     विकासन्युज

काठमाडौं, ५ असोज । संचालनमा रहेका ६ फाइनान्स कम्पनीले राष्ट्र बैंकले तोकेको समयभित्रमा मर्जर, हकप्रद सेयर जारी र बोनस सेयर प्रदान गरेर चुक्ता पूजी बृद्धि गरिसक्ने कार्ययोजना बनाएका छन् ।

गत भदौ मसान्तभित्रमा पूजी बृद्धि गर्ने कार्ययोजना पेश गरिसक्न राष्ट्र बैंकले निर्देशन दिएकोमा ४७ कम्पनीले योजना पेश गरिसकेका छन् । यसरी कार्ययोजना पेश गरेका कम्पनीमध्ये नारायणी नेसनल, काठमाडौं, पश्चिमाञ्चल, गुडविल, श्रीइन्भेष्टमेन्ट र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको कार्ययोजना प्राप्त भएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत न्यूनतम चुक्ता पूजी बृद्धि गरी राष्ट्रियस्तरका फाइनान्स कम्पनीको चुक्ता पूजी कम्तिमा पनि ८० करोड रुपैयाँ पुर्याउनु पर्ने ब्यवस्था गरेको थियो ।

यसरी पूजी बृद्धि गर्नको लागि योजना बनाएर भदौ मसान्तभित्रमा पूजी बृद्धिको योजना पेश गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

कुन कम्पनीले कसरी बृद्धि गर्दै छन् चुक्ता पूजी ?
राष्ट्रियस्तरको फाइनान्स कम्पनी नारायणी नेसनलले चुक्ता पूजी बृद्धि गरी अवको २ बर्षभित्रमा ८० करोड २२ लाख रुपैयाँ पुर्याउने योजना तयार पारेको छ । गत बर्षसम्मको नाफावाट १२ करोड २३ लाख रुपैयाँ बराबरको बोनस सेयर प्रदान गरेपछि चुक्ता पूजी ८० करोड २२ लाख रुपैयाँ पुग्ने कार्ययोजना कम्पनीले तयार पारेको छ । narayani_nationalअघिल्लो आर्थिक बर्षसम्म कम्पनीको चुक्ता पूजी ६७ करोड ९८ लाख रुपैयाँ थियो ।

काठमाडौं फाइनान्सले मर्जर र हकप्रद सेयर जारी गरेर चुक्ता पूजी ८० करोड रुपैयाँ पुर्याउने प्रश्ताव गरेको कम्पनी स्रोतको भनाइ छ । सो कम्पनीको अहिले १८ करोड ३७ लाख रुपैयाँ चुक्ता पूजी छ । कम्पनीले चालु आर्थिक बर्षमा अहिले भए बराबरकै हकप्रद सेयर जारी गर्ने र १९ करोड ८२ लाख रुपैयाँ बराबरको पूजी मर्जरवाट जुटाउने कार्ययोजना बनाएको छ । यसो गर्दा कम्पनीको चुक्ता पूजी ५६ करोड ५८ लाख रुपैयाँ पुग्ने र बाँकी रहेको २८ करोड २८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर अन्तिम बर्षमा जारी गर्ने कार्य योजना कम्पनीको छ । यसो हुदा कम्पनीको चुक्ता पूजी ८४ करोड ८७ लाख रुपैयाँ पुग्ने छ ।

पश्चिमान्चल फाइनान्स कम्पनीले पनि चुक्ता पुजी ८० करोड रुपैयाँ पुर्याउने कार्ययोजना तयार पारेको छ । paschimanchal_finance
कम्पनी स्रोतले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षमा ३१ करोड रुपैयाँ बराबरको पूजी मर्जरवाट जुटाउने र बाँकी पूजी बोनस सेयरवाट पुर्याउने योजना कम्पनीको छ । कम्पनीले गत बर्षको नाफावाट बोनस सेयर प्रदान गरेपछि कम्पनीको चुक्ता पूजी ३६ करोड ५३ लाख रुपैयाँ पुग्ने छ ।

गुडविल फाइनान्सले पनि तोकिएको समयभित्रमा चुक्ता पूजी ८० करोड रुपैयाँ पुर्याउने कार्ययोजना तयार पारेको छ । कम्पनी स्रोतले दिएको जानकारी अनुसार आगामी आर्थिक बर्षमा ३० करोड ७३ लाख रुपैयाँ goodwil_fo=inanceबराबरको पूजी हकप्रद सेयर जारी गरेर जुटाउने र बाँकी पुजी बोनस सेयर प्रदान गरेरै पुर्याउने कार्ययोजना कम्पनीको छ । सो कम्पनीको अहिले ३३ करोड रुपैयाँ चुक्ता पूजी छ ।

श्रीइन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले भने बोनस सेयर, मर्जर र हकप्रद सेयर जारी गरेर पूजी बृद्धि गर्ने योजना तयार पारेको छ । कम्पनी स्रोतले दिएको जानकारी अनुसार सो कम्पनीले चालु आर्थिक बर्षमा १३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने बाँकी रकम बोनस सेयरवाट पुर्याउने योजना कम्पनीको छ ।shree_investment_finance गत आर्थिक बर्षको नाफावाट बोसन सेयर प्रदान गरेपछि कम्पनीको चुक्ता पूजी ६० करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।

लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले बोसन सेयर र हकप्रद जारी गरेर चुक्ता पूजी ८० करोड रुपैयाँ पुर्याउने कार्ययोजना बनाएको छ । कम्पनी स्रोतले दिएको जानकारी अनुसार आगामी आर्थिक बर्षमा २५ करोड ४४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने तथा गत आर्थिक बर्षदेखि आर्थिक बर्ष २०७३र ७४ सम्म बोनस सेयर प्रदान गर्ने कार्ययोजना बनाएको छ । lumbini-finance-and-leasingबाँकी नपुग रहेको ३२ करोड ५६ लाख रुपैयाँको लागि मर्जर गर्ने वा हकप्रद जारी गर्ने कार्ययोजना कम्पनीको छ । गत आर्थिक बर्षको नाफावाट बोनस सेयर प्रदान गरेपछि कम्पनीको चुक्ता पूजी अहिले ४१ करोड २५ लाख रुपैयाँ पुग्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.