पूजी बृद्धिको योजना पेश गर्न स्टाण्डर्ड चार्टर बैंकले माग्यो ‘रिजनेवल टाइम’

  २०७२ असोज १ गते १०:४७     विकासन्युज

काठमाडौं, १ असोज । बहुराष्ट्रिय बैंक स्टाण्डर्ड चार्टर बैंक नेपालले पूजी बृद्धिको योजना पेश गर्ने समय माग गरेको छ । नेपाल राष्ट्र बैंकले पूजी बृद्धिको लागि दिएको भदौ मसान्तसम्मको समयसीमा सो बैंकले राष्ट्र बैंकको नीति निर्देशन स्वीकार गर्ने भन्ने मात्रै विवरण पेश गरेको छ ।

पूजी बृद्धिको योजना आफ्नो केन्द्रीय कार्यालयले स्वीकृत गर्नुपर्ने भएकोले समय लाग्ने भन्दै बैंकले उपयुक्त समय दिन माग गरेको हो ।

‘हाम्रो कन्द्रीय कार्यालयले स्वीकृति प्रदान नगरिकन पूजी बृद्धि योजना पेश गर्न सकिदैन, केन्द्रवाट योजना स्वीकृत भएर आउन समय लाग्ने भएकोले उपयुक्त समय दिन राष्ट्र बैंकसँग अनुरोध गरेका छौ,’ बैंकका प्रवक्ता दिवाकर पौडेलले भने ।

योजना पेश गर्नेको लागि समय लाग्ने भन्दै सो बैंकले थप समय माग गरेको राष्ट्र बैंकका अधिकारीले पनि बताएका छन् । केन्द्रीय कार्यालयवाट स्वीकृति लिएर मात्रै योजना पेश गर्नुपर्ने बाध्यता रहेको भन्दै बैंकले ‘रिजनेवल’ समय थप गरिदिन अनुरोध गरेको राष्ट्र बैंकको भनाइ छ ।

‘राष्ट्र बैंकका नीति निर्देशनको हामी पालना गर्छौं भनेर प्रश्ताव पेश गरिएको छ, पूजी बृद्धिको योजना केन्द्रीय कार्यालयवाट स्वीकृत गराउनु पर्ने भएकोले त्यहाँवाट स्वीकृति पाउने वित्तीकै पेश गर्नेछौं भन्ने उहाँहरुको भनाइ छ,’ बैंकले पेश गरेको योजना उघृत गर्दै राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

चार्टर्ड बैंकले पूजी बृद्धिको योजना बनाएर केन्द्रीय कार्यालयमा पठाएको बताएको छ । केन्द्रीय कार्यालयले योजना स्वीकृत नगरेकोले पेश गर्न समस्या भएको बैंकको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पूजी ८ अर्ब रुपैयाँ पुर्याउने ब्यवस्था गरेको छ । आगामी २०७४ को असार मसान्तसम्ममा पूजी बृद्धि गर्नु पर्ने भएकोले भदौ मसान्तसम्ममा पूजी बृद्धिको योजना पेश गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

बैंकसँग अहिले २ अर्ब २४ करोड ८१ लाख रुपैयाँ चुक्ता पूजी छ । अबको २ बर्ष भित्रमा सो बैंकले ५ अर्ब ७५ करोड १८ लाख रुपैयाँ पूजी बृद्धि गरी ८ कम्तिमा ८ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.