कैलाश विकास बैंकले २४ प्रतिशत बोनस सेयर दिने, पुँजी वृद्धि योजना पेश

  २०७२ भदौ ३० गते १७:५५     विकासन्युज

काठमाडौं, ३० भदौं । कैलाश विकास बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको २४ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७१/७२ सम्मको संचित नाफाबाट उक्त दरमा बोनस सेयर दिने निर्णय गरेको हो ।

bikashnews.com

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भए पश्चात सेयरधनीले उक्त बोनस सेयर पाउनेछन् । हाल चुक्ता पूँजी ८९ करोड ५३ लाख रुपैयाँ रहेको यस बैंकले बोनश शेयर वितरण गरेपछि चुक्ता पूंजी १ अर्ब ११ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

यस्तै बैंकले पुँजी वृद्धि योजना पनि नेपाल राष्ट्र बैंकलाई पेश गरिसकेको छ । राष्ट्र बैंक स्रोतका अनुसार कैलाश विकास बैंकले चार विकल्प दिएको छ ।

तीन वर्षसम्म लगातार बोनस सेयर जारी गर्दै जाने उसको मुख्य योजना छ ।

दोस्रो प्राथमिकतामा बोनस सेयर जारी गर्दा अपुग हुने पुँजी जुटाउन आफ्नो उपस्थिति कम रहेका वा उपस्थिति नै नरहेका क्षेत्रका एक वा तीन जिल्ला स्तरका उपयुुक्त विकास बैंकहरुसँग मर्ज गर्ने योजना बनाएको छ ।

पहिलो र दास्रो प्रयासबाट अपुग पुँजीका लागि हकप्रद सेयर जारी गर्ने बैंकको तेस्रो योजना बनाएको छ ।

अनुकूल अवस्थामा राष्ट्रिय स्तरको विकास बैंक वा वाणिज्य बैंकसँग पनि मर्जमा जान सकिने बैंकको चौथो योजना रहेको छ । बैंक सञ्चालक समितिले यी योजना बनाई गत आईतबार नेपाल राष्ट्र बैंकलाई बुझाएको छ ।

हालसम्मको वित्तीय विवरण अनुसार यस बैंकले कूल निक्षेप.९ अर्ब ५३ करोड संकलन गरी कूल कर्जा ८ अर्ब रुपैयाँ लगानी गरेको छ । संस्थाले विभिन्न जिल्लाका २५ शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग सुविधा सुविधा सहित १४ वटा एटीएम मेशिनद्वारा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.