नेपाल राष्ट्र बैंक र भारतीय केन्द्रीय बैंकबीच सूचना आदान प्रदानको समझदारी

  २०७२ भदौ ३० गते १४:१५     विकासन्युज

काठमाडौं, ३० भदौ । नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच सुपरिवेक्षकीय सूचना आदान–प्रदान गर्ने तथा बैंक सुपरिवेक्षणका क्षेत्रमा सम्बन्ध र सहयोग विस्तार गर्ने सम्बन्धि समझदारी भएको छ ।

Bikashnews.com

भदौ २८ मा राष्ट्र बैंक र भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डियाविच समझदारी भएको हो । यस्तो समझदारी पत्रमा राष्ट्र बैंकका तर्फवाट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल र रिजर्व बैंकका तर्फवाट बैंकिङ सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मीना हेमचन्द्रले हस्ताक्षर गरेका हुन् ।

यस्तो समझदारी रिजर्व बैंकको केन्द्रीय कार्यालय मुम्बइमा सम्पन्न भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

दुबै देशका केन्द्रीय बैंकले आ–आफ्नो सुपरिवेक्षण क्षेत्राधिकार अन्तर्गत पर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण गर्नका लागि जानकारी तथा सुचनाहरु आदान प्रदान गर्नेछन् ।

यसरी सुचना तथा जानकारीहरु आदान प्रदान गर्दा प्राप्त जानकारी वा सूचना भंग नहुने गरी विदेशी सुपरिवेक्षण अधिकारीसँग सूचना÷जानकारी आदान–प्रदान गरिन बताइएको छ ।

यस्तो समझदारी राष्ट्र बैंकका लागि विदेशी सुपरिवेक्षण अधिकारीसँग गरिएको पहिलो सहमती–पत्र हो ।

सुपरिवेक्षण अधिकारीहरूबीच पारम्परिक सहयोग, सद्भाव र सम्बन्ध विस्तार गर्ने तथा सुपरिवेक्षकीय जानकारी एवम् सूचना आदान–प्रदान गर्ने उद्देश्यले अन्य मुलुकका सुपरिवेक्षण अधिकारीहरूसँग समेत यस्तो सहमती गर्दै जाने नीति नेपाल राष्ट्र बैंकको रहेको छ । सहमती–पत्रमा हस्ताक्षर कार्यक्रममा बैंक सुपरिवेक्षण विभागका निर्देशक झलक शर्मा आचार्य तथा भारतीय रिजर्व बैंकका बैंकिङ सुपरिवेक्षण विभागका पदाधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले केहि बर्ष अगाडिदेखि नै यस्तो समझदारी गर्ने प्रयत्न थालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.