यी हुन नाटा अटो सोमा सार्वजनिक गरिएका नयाँ गाडी

  २०७२ भदौ २९ गते १९:३७     विकासन्युज

काठमाडौं, २९ भदौं । मंगबारबाट सुरु भएको नाटा अटो मोबाइल सोमा विभिन्न कम्पनीले नयाँ प्रडक्ट सार्वजनिक गरेका छन् ।

nada_auto_show

अन्तराष्ट्रियदेखि क्षेत्रीय हुँदै लोकल मार्केट समेत पकड जमाउन सफल कम्पनीहरुले नाडा अटो सोमा अर्थमन्त्री डा. रामशरण महत मार्फत आफ्ना प्रडक्ट सार्वजनिक गरेका हुन् । यसरी नयाँ प्रडक्ट सार्वजनिक गर्ने कम्पनीहरुमो टोयोटा, होण्डा, सुजुकी र टाटा कम्पनी छन् ।

टोयोटाले इटिओस क्रस डिजेल नामको कार सार्वजनिक गरेको हो । यसको मूल्य ४४ लाख ४५ हजार रुपैयाँ पर्छ ।
toyato_diesel
हेण्डाले नयाँ ज्याज कार भित्र्याएको छ । यसको मूल्यभने २८ लाख ३४ हजारदेखि ३९ लाख २५ हजार रुपैयाँसम्म पर्छन् ।

सुजुकीले एस क्रस र अल्टो के १० भित्र्याएको छ । एस क्रसको ३८ लाख ९९ हजारदेखि ६१ लख ९९ हजारसम्म पर्छन् । यी कारण बिभिन्न सिसि क्षमतामा उपलब्ध हुनेछन् । अल्टो के १० को भने १९ लाख ९९ हजार रुपैयाँ पर्छ । यो गाडी ९९८ सीसीमा मात्रै उपलब्ध छ ।
tata_storme
टाटा मोटर्सको स्टोर्म पनि भित्रिएको छ । २१७९ सीसीको यो कारमा ६३ लिटर इन्धन हाल्न मिल्छ ।

स्कोडाका पनि दुई वटा कार मंगलबार नै नेपाली बजारमा भित्रिएका छन् । स्कोडाले अक्टाभिया र यती कार सार्वजनिक गरेको हो । अक्टाभियाको बजार मूल्य ७१ लख ९५ हजार र ८१ लख ९५ हजार रुपैयाँ पर्छ ।

yeti_scoda

स्कोडा यतीको मूल्यभने ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सबै कम्पनीहरुले नयाँ डिजाईन र नयाँ सुबिधा सहित नेपाली बजारमा आफ्ना उत्पादन प्रवेश गरेको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.