जलविद्युत कम्पनीको २ अर्बको साधारण सेयर चाडै आउने

  २०७२ भदौ २२ गते १५:३०     विकासन्युज

काठमाडौं, २२ भदौ । जलविद्युत लगानी तथा विकास कम्पनीको क्रेडिट रेटिङ अन्तिम चरणमा पुगेको छ । कम्पनीले सर्वसाधारणको लागि सेयर सार्वजनिक गर्नको लागि क्रेडिट रेटिङ गराएको हो ।

क्रेडिट रेटिङ सकिएपछि सर्वसाधारणको लागि सेयर आव्हान गरिने कम्पनीका प्रमुख कार्यकारी निर्देशक दिपक रौनियारले जानकारी दिए । अबको केहि दिन भित्रमा नै रेटिङको कार्य सकिने जानकारी प्राप्त भएको रौनियारको भनाइ छ ।

bikashnews.com

bikashnews.com

‘क्रेडिट रेटिङ गराएर मात्रै सर्वसाधारणमा सेयर आव्हान गर्न धितोपत्र वोर्डले निर्देशन दिएको थियो, रेटिङको कार्य सकिनै लागेको जानकारी पाएका छौ, त्यो सकिने वित्तिकै सर्वसाधारणलाई सेयर लगानीको आव्हान गरिन्छ,’ प्रमुख कार्यकारी निर्देशक रौनियारले भने ।

कम्पनीको सेयर रेटिङको कार्य इक्रा नेपालले गरिरहेको छ ।

कम्पनीले २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निस्कासनको अनुमतिको लागि २०७१ माघ २२ गते धितोपत्र वोर्डमा निवेदन दिएको थियो । क्रेडिट रेटिङ गराएर मात्रै सेयर सार्वजनिक गर्न निर्देशन दिइएको बोर्डले जानकारी दिएको छ ।

बोर्डले अरु सबै प्रक्रिया राम्रो भएपनि क्रेडिट रेटिङ गराउनु भनेको कारण साधारण सेयर निस्काशनमा ढिलाइ भएको प्रमुख कार्यकारी अधिकृत रौनियारको भनाइ छ । ‘हामी सेयर सार्वजनिक गरिहाल्ने तयारीमा र्छौ, आइक्राबाट रेटिङको कार्य सकिने वित्तिकै बोर्डलाई जानकारी दिने र बोर्डले अनुमति दिने वित्तिकै सेयर सार्वजनिक गर्ने तयारी भएको छ,’ रौनियारले भने ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँ बराबरका २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर सार्वजनिक गर्न लागेको हो । सो कम्पनीको सेयर विक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.