पूँजी बृद्धिको योजनाबारे सार्वजनिक अभिब्यक्ति नदिन बैंकहरुलाई निर्देशन

  २०७२ साउन ३२ गते १७:०९     विकासन्युज

काठमाडौं, ३२ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बैंक तथा वित्तीय संस्थाका अधिकारीलाई पूजी बृद्धिको विषयमा सार्वजनिक अभिब्यक्ति नदिन निर्देशन दिएको छ । बजार प्रभावित हुने र लगानीकर्तामा भ्रम उत्पन्न हुने भन्दै नेप्सेले यस्तो निर्देशन दिएको हो ।

bikashnews.com

bikashnews.com

नेप्सेले सोमवार सवै बैंक वित्तीय संस्थालाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले आगामी भदौ मसान्तभित्रमै सवै बैंक वित्तीय संस्थालाई पूजी बृद्धिको योजना पेश गर्न निर्देशन दिएको थियो । आगामी २०७४ को असार मसान्तभित्रमा बैंक तथा वित्तीय संस्थाको न्यूनतम चुक्ता पूजी कम्तिमा पनि ४ गुणाले बढाउने योजना पेश गर्न राष्ट्र बैंकले भनेको थियो ।

राष्ट्र बैंकको यस्तो निर्देशन पछि केहि बैंक तथा वित्तीय संस्थाका अधिकारीले सार्वजनिक रुपमै पूजी बृद्धिको योजना बताउन थालेका थिए । यसरी पूजी बृद्धिको योजना सार्वजनिक गर्दा सर्वसाधारण लगानीकर्तामा भ्रम उत्पन्न हुने भन्दै नेप्सेले यस्तो निर्देशन दिएको हो ।

बैंकले संस्थागत निर्णय गरेपछि मात्रै आधिकारिक जानकारी दिनुपर्नेमा ब्यक्तिगत हैसियत राख्ने ब्यक्तिले पनि पूजी बृद्धिको योजना सार्वजनिक गर्ने प्रबृत्ति बढेपछि यस्तो निर्देशन दिनु परेको नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले जानकारी दिए ।

‘पूजी बृद्धिवारे जानकारी दिनु पर्ने भए प्रमुख कार्यकारी अधिकृत, बैंकका प्रवक्ता वा कम्पनी सचिवले आधिकारिक जानकारी दिनुस भन्ने हाम्रो निर्देशन हो, गैरकार्यकारी अध्यक्ष, गैर प्रमुख कार्यकारी अधिकृत वा कुनै संचालकले पनि पूजी बृद्धि बारे योजना बताउन थालेकोले समस्या आउछ कि भनेर यस्तो निर्देशन दिइएको हो,’ महाप्रवन्धक थपलियाले भने । ब्यक्तिगत रुपमा दिइएको योजना आधिकारिक हुन सक्नेमा शंका गर्ने ठाउ भएको र यस्तो योजना नेपाल राष्ट्र बैंकले स्वीकृत गरिनसकेकोले पनि नियन्त्रण आवश्यक भएको उनको भनाइ छ ।

पूजी बृद्धिको सन्दर्भमा सार्वजनिक अभिब्यक्ति नदिन र योजना गोप्य रुपमा तयार पार्न नेप्सेको निर्देशन आएका एक वाणिज्य बैंकका अधिकारीले जानकारी दिए । पूजी बृद्धिको योजना संचारमाध्यम मार्फत सार्वजनिक गर्ने तर उसको बास्तविक योजना त्यस्तो हो वा होइन भन्ने बारेमा नेप्से वा अन्य नियामक निकायलाई थाहा नहुने हुदा भ्रम उत्पन्न हुने भन्दै सचेत गराइएको पत्र प्राप्त भएको ती अधिकारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.