भूकम्पबाट नेल्को इन्टरनेसनलको भवन ध्वस्त, २ व्यवसायी घाइते ,व्यवसायीकी श्रीमतीको निधन

  २०७२ वैशाख १५ गते १०:३६     विकासन्युज

 

विकासन्युज / काठमाडौं, बैशाख १५
शनिबार गएको महाभूकम्पमा परी एउटा मेनपावर कम्पनीको भवन भत्किएको छ  भने २ जना वैदेशिक रोजगार व्यवसायीहरु घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
सो भूकम्पमा परी सामाखुसीस्थित नेल्को इन्टरनेसनल प्रालिको ६ तले भवन भत्किँदा पहिलो तलामा रहेको सो मेनपावर कम्पनीका सञ्चालक शिवराज पाठक घाइते भएका छन् ।

उता  कुपन्डोलस्थित मादी ओभरसिजका सञ्चालक जनक थापाको खुट्टा भाँचिएको छ    भने वैदेशिक रोजगार व्यवसायी यलबहादुर गुरुङ (विजय) लाई पत्नीशोक परेको छ ।
राजधानीको बसुन्धरास्थित सी लिंक ओभरसिज प्रा.लि.का सञ्चालक गुरुङकी श्रीमती लालमाया गुरुङको शनिबार आएको प्रलयकारी भूकम्पमा परी निधन भएको हो । नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रमा नर्सको रुपमा कार्यरत ४५ वर्षिया गुरुङको वसन्तपुरमा शनिबार भएको रक्तदान कार्यक्रममा सेवा प्रदान गर्दागर्दैै  एक्कासी आएको भूकम्पबाट  निधन भएको हो । स्वर्गीय गुरुङको आइतबार स्वयम्भूमा अन्तिम दाहसंस्कार गरिएको थियो ।

अन्य व्यवसायीहरुको पनि क्षति भएको जानकारी आए पनि यो समाचार तयार पार्दासम्म पुष्टि हुन सकेन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.