सामसङ ग्यालेक्सी एस ६ र एस ६ एज नेपाली बजारमा, मूल्य ७७ हजार ९ सय र ९४ हजार ९ सय

  २०७२ वैशाख ३ गते १६:४४     विकासन्युज

३ बैशाख । स्मार्ट फोनका पारखी नेपालीहरुका लागि प्रतिक्षाको विषय बनेको सामसङ ग्यालेक्सी एस ६ र सामसङ ग्यालेक्सी एस ६ एज नेपाली बजारमा भित्रिएको छ ।

विकासन्युज/काठमाडौं
विहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरि सामसङ इलेक्ट्रोनिक्सले एस ६ र ग्यालेक्सी एस ६ एज नेपालमा भित्रिएको घोषणा गरेको हो ।
स्मार्ट फोनको विश्व बजारमा नविनतम प्रविधि समेटिएको एस ६ र एस ६ एजको सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै सामसङका नेपाल प्रमुख प्रणयरत्न स्थापितले नेपाली उपभोक्ताका हातमा विश्वस्तरीय स्मार्ट फोन आईपुगेको घोषणा गरे । स्थापितले एस ६ र एस ६ एजको आगमनले नेपाली स्मार्ट फोन पारखीहरुका लागि दुनियाँकै उत्कृष्ठ फिचरसहितको प्रबिधि उपलब्ध भएको दावी समेत गरे । दुबै मोबाइलमा सामसङ ड्युल कोर प्रविधिको प्रयोग गरिएको उनले जानकारी दिए ।
सामसङ ग्यालेक्सी एस ६ को मूल्य ७७ हजार नौ सय रुपैंयाँ तोकिएको छ भने एस ६ एजको मूल्य ९४ हजार नौ सय रुपैंयाँ निर्धारण गरिएको छ । यो मूल्य आगामी ६ महिनासम्म नघट्ने बताउँदै यदि ६ महिनायता मूल्य घटेमा घटेको मूल्य खरिदकर्तालाई फिर्ता गरिने स्थापितले बताए ।

के के छन् त फिचर ?
samsung-S6-GOLDसामसङ ग्यालेक्सी एस ६ र एस ६ एजमा अध्यारोमा समेत फोटो खिच्न हाई रिजोलुसन सहितको अगाडि ५ एमपी र पछाडि १६ मेगापिक्सल क्यामेरामा एफ १.९ को लेन्स रहेको छ । यी मोबाइलले ०.७ सेकेन्डमा फोटो खिच्छन् भने डब्ल्युपीसी र पिएमए सर्टिफाईड वायरलेस चार्जिङ सिस्टम पनि रहेको छ । एस ५ को ब्याट्रीको तुलनमा यी मोबाइलका व्याट्री डेढ गुणा छिटो चार्ज हुन्छन् । १० मिनेट चार्ज गरेर चार घण्टासम्म चलाउन सकिनेछ ।
एस ६ र एस ६ एजमा विश्वमै पहिलो पटक ६४ बिट प्लेटफर्मका साथमा १४ एनएमको मोबाइल प्रोसेसर, एलपीडिडिआर ४ मेमोरी सिस्टम र युएफएस २.० फ्ल्यास मेमोरी पनि रहेको छ ।
यसका साथै, ५.१ इन्चको क्वाड एचडी सुपरस्क्रिन तथा हाइपिक्सेलको ५६६ पिपिआई पनि छ ।
यी मोबाइलमा फाइन्ड माई मोबाइल फिचरका माध्यमबाट मोबाइलमा रहेका डकुमेन्टहरुको सुरक्षा गर्न सकिन्छ भने मोबाइल हराउँदा समेत खोज्न सजिलो हुनुका साथै मोबाइलमा रहेका डकुमेन्टहरु समेत सुरक्षित हुन्छन् ।samsung_s6lunch

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.