सामसङ सिडिएमए आयो, एकै पटक एक अर्बको मोबाइल अर्डर

  २०७१ फागुन १५ गते १४:५६     विकासन्युज

१५ फागुन । सामसङ मोबाइलले सिडिएम र जीएसएम सिमकार्ड प्रयोग गर्न मिल्ने ‘सामसङ ग्यालेक्सी एस फोर’ स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ ।
सामसङ मोबाइलका लागि नेपालको आधिकारीक बिक्रेता इन्टेग्रेटिड मोबिलिटी सर्भिस(आईएमएस)ले नेपालमै पहिलो पटक सिडिएमए र जिएसएम नेटवर्क सहितको स्मार्ट फोन भित्र्याएको हो ।
आईएमएस र नेपाल टेलिकमले सामसङ कम्पनीलाई बिशेष अनुरोध गर्दै नेपालका लागि सिडिएमए स्मार्ट फोन निर्माण गर्न लगाएका हुन् । सामसङ कम्पनीले तीन बर्ष पहिले नै बन्द गरेको सिडिएमए मोबाइलको उत्पादन नेपाली बजारको मागलाई सम्बोधन गर्दै पुनः निर्माण गरेको हो । १२ हजार मुल्य पर्ने ग्यालेक्सी एस फोरमा सिडिएम र जीएसएमको दुबै सिमकार्ड प्रयोग गर्न सकिन्छ ।

नेपालका ग्रामीण क्षेत्रमा स्मार्ट फोनको सुबिधा विस्तार गर्ने योजनासहित सिडिएमए स्मार्ट फोन ल्याएको आईएमएसका अध्यक्ष दिपक मलहोत्राले बताए । नेपालको ग्रामीण क्षेत्रमा सिडिएमए फोनको माग अत्याधिक रहेको र स्मार्ट फोनको सिरिजमा सिडिएमए मोबाइल उपलब्ध नरहेकाले सामसङले त्यस्तो प्रयास गरेको उनले बताए ।
नयाँ फोनबाट गाउँ गाउँमा इन्टरनेतको सुबिधा पुग्ने उनले बताएका थिए ।
एकै पटक एक अर्बको फोन अर्डर
आईएमएस प्रालिले एकै पटक एक अर्बको मोबाइल अर्डर एक अर्बको मोबाइल सेट अर्डर गरेको छ । कम्पनीले सिडिएमए र जीएसएम सर्भिस सहितको सामसङ ग्यालेक्सी एस फोर मोबाइल एकै पटक एक अर्ब ८० करोड मुल्य बराबरको अर्डर गरेको हो । १८ महिनाका अर्थात डेढ बर्षमा बेच्ने लक्ष्यसहित आईएमएसले ९० हजार सिडिएमए स्मार्ट फोनको अर्डर गरेको कम्पनीका निर्देशक डिकेश मलहोत्राले बताए । प्रतिसेट १२ हजार मुल्य पर्ने ९० हजार सेट मोबाइल फोनको कुल मुल्य एक अर्ब ८ करोड हुन्छ ।samsung
नेपालको हिमाली, पहाडी तथा ग्रामीण क्षेत्रमा सिडिएमए फोनको अत्याधिक प्रयोग हुने गरेको छ । सोही बजारलाई मध्यनजर गर्दै कम्पनीले ठूलो मात्रामा फोन अर्डर गरेको हो । ‘नेपालको ग्रामीण क्षेत्रमा सिडिएमए मोबाइलको राम्रो बजार छ, त्यसकै लागि सामसङका स्मार्ट फोन भित्र्याएका हौं’–निर्देशक मलहोत्राले भने ।

के के छन् त ग्यालेक्सी एस फोरमा ?

सिडिएम र जीएसएम सिमकार्ड लाग्ने यो मोबाइलमा ३ एमपी रिअर क्यामेरा, ४ जिबीको इन्टर्नल तथा ६४ जिबीको एक्सपाण्डेबल मेमोरी र ५१२ को ¥याम रहेको छ । यसमा १.२ गिगाहर्जको ड्युअल कोर प्रोसेसरका साथमा १५०० एमएएचको ब्याट्री रहेको छ ।

गाउँगाउँमा इन्टरनेट सहितको सिडिएमए फोन
सामसङ सिडिएमए फोनको सार्वजनिक गर्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले गाउँ गाउँमा इन्टरनेट सहितको सिडिएमए फोन पुग्ने बताए । उनले नेपालका पहाडी तथा दुर्गम क्षेत्रमा सिडिएमए सेवाको बजार राम्रो रहेको बताउँदै अब त्यसका प्रयोगकर्ताहरुले समेत इन्टरनेटको सुबिधा प्रयोग गर्न सक्ने बताए ।
टेलिकमको मोबाइल सेवा निर्देशनालयका निर्देशक लोचनलाल अमात्यले सिडिएमए सेवामा ८ गिगाबाईटको इन्टरनेट क्षमता भएपनि हालसम्म १ गिगाबाईट समेत प्रयोग नभएको जानकारी दिएका थिए । उनले सामसङको सिडिएमए स्मार्ट फोनले गाउँगाउँका जनतामा इन्टरनेटको पहुँच विस्तार गर्ने दावी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.