आईसीटीको कुम्भ मेला सुरु, सुचना/प्रबिधी सरकारी प्राथमिकतामा

  २०७१ माघ १४ गते १५:३२     विकासन्युज

१४ माघ । राजधानीको भृकुटीमण्डपमा सुचना प्रबिधीको कुम्भ मेला सुरु भएको छ । कम्प्युटर एसोसियन अफ नेपाल(क्यान महासंघ)ले आयोजना गरेको आईसीटीको कुम्भ मेलाको उपप्रधान तथा स्थानिय बिकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका हुन् । “सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल÷ईन्टेल बाई नियोटेरिक नेपाल” नामको मेला माघ १९ गतेसम्म सञ्चालन हुनेछ । मेलामा २१९ वटा स्टलहरु रहेका छन् ।
मेलाको उद्घाटन गर्दै उपप्रधान मन्त्री प्रकाशमान सिहंले सुचना प्रबिधीको बिकास सरकारको प्राथमिकतामा रहेको बताए । उनले सुचना प्रबिधीको बिकास बिना देशको बिकास नै सम्भव नहुने बताउँदै सरकारले त्यसलाई उच्च प्राथमिकतामा राखेको समेत स्पष्ट पारेका थिए । यो क्यानको २१ औं इन्फोटेक हो ।widows phones img
यसको प्लाटिनम स्पोन्सरमा भायनेट, डायमण्ड स्पोन्सरमा सामसुङ, गोल्ड स्पोन्सरहरुमा वेभ सरफर तथा वल्र्ड लिङ्क, सिल्भर स्पोन्सरहरुमा कर्लस, हुुवाई, नेटिस र एस पावर रहेका छन् भने प्रिन्ट स्पोन्सरमा प्यानासोनिक स्मार्ट फोन रहेको छ ।
मुख्य प्रदर्शनी हल भित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु ९ गरी जम्मा २१९ स्टलहरु रहेका छन् ।sidharth bannk_mobile atm
मेलामा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् भने सबै स्टलहरु बुकिङ्ग भई सकेका छन् । मेलामा सिद्धार्थ बैंकले मोबाइल एटिएम सञ्चालन गरेको छ भने बिभिन्न कम्पनीहरुले नयाँ प्रोडक्टहरु लञ्च समेत गरिरहेका छन् । SDC10064सर्वसाधारणका लागि एक सय ५० रुपैंयाँ र विद्यार्थीका लागि एक सय रुपैंयाँको टिकटको व्यवस्था गरिएको छ । माघ १८ गतेलाई बिजनेश डेका रुपमा राख्दै टिकटको मुल्य एक सय ५० रुपैंयाँ बनाईएको छ । मेलाको चार लाख भन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.