मेलाले हस्तकलाको आन्तरिक बजार विस्तार गरेको छ

  २०७१ कार्तिक ३० गते १४:१४     विकासन्युज

किरणकुमार डंगोल
संयोजक, सार्क हस्तकला प्रदर्शनी तथा व्यापार मेला

आगामी मंसिर ४ देखि ८ गतेसम्म काठमाडौं सार्क हस्तकला प्रदर्शनी तथा १२ औं हस्तकला व्यापार मेला हुँदैछ । नेपाल हस्तकला महासंघ, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग मन्त्रालय र सार्क कल्चरल सेन्टर श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्न लागेको यो मेलाको संयोजक हुनुहुन्छ, नेपाल हस्तकला महासंघका उपाध्यक्ष किरणकुमार डंगोल । प्रस्तुत छ, उक्त मेला र नेपाली हस्तकला व्यापारका विषयमा देशविकासका लागि उहाँसँग गरिएको विकास वहस यस अंकमा ।
सार्क हस्तकला प्रदर्शनी तथा १२ औं हस्तकला व्यापार मेलाको उदेश्य के हो ?
हस्तकलाको आन्तरिक बजार विकास गर्नु, निर्यात प्रवद्र्धनमा सहयोग गर्नु र सार्क क्षेत्रका मुलुकहरुबीच हस्तकलाको माध्यमबाट एक अर्को देशको संस्कृति आदान प्रदान गर्न सहयोग गर्नु मेलाको मुख्य उद्देश्य हुन् । यस्तै, यो व्यापार मेलालाई सार्क क्षेत्रकै हस्तकलाको विजनेश हवको रुपमा विकास गर्दै लाने लक्ष्य रहेको छ । यस मेलाले नेपालभित्र पनि हस्तकलाको प्रयोग बढाउन मद्दत गर्छ । व्यवसायीहरुबीच परिचय, अन्त्रक्रिया, सहकार्य गर्नको लागि पनि मेला उपयुक्त माध्यम हुन्छ ।
मेलाको तयारी कस्तो छ ?
तयारी राम्रो छ । प्रचार प्रसारको काम भईराखेको छ । यद्यपी केही समस्या छन् । सार्क क्षेत्रबाट ४० देखि ५० वटा प्रदर्शनीकर्ता आउनुपर्नेमा केहीको नाम आईसकेको छैन । नेपालीहरुबाट पनि केही वेटिङको सूचिमा छन् । त्यसैले स्टल प्लानिङमा केही समस्या आएको छ ।

मेला अवलोकन गर्न आउनेले के पाउने छन् ?
१० वर्ष पहिला नेपाली हस्तकता परम्परागत र एउटै खाले देखिन्थ्यो भने अहिले नयाँ नयाँ उत्पादन देख्न सकिन्छ । उलन प्रडक्टमा धेरै विविधिकरण भएको छ । सिल्भर ज्वेलरी, हातेकागजको उत्पादनमा पनि धेरै विविधिकरण भएको छ । मेलामा मेलामा जिल्ला संघ, वस्तुगत संघ समेत गरि २०० भन्दा बढी स्टलहरु रहने छन् । त्यसमा सार्क कल्चरल सेन्टरको सिफारिसमा सार्कका आठ देशहरुबाट ४०देखि ५० वटा स्टल रहनेछन् । सात वटा प्याभिलियनमा ७० वटा स्टल रहने छन् ।
मेलामा काष्ठकला, धातुकला, चा“दी तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वा“सका सामानहरु अबलोकन तथा खरिद गर्न सकिनेछ । साथै, मेलाको अवसरमा हस्तकला बिधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गरी सम्मान गर्ने उद्देश्यले दशौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी, फेशन—सो, गरगहना सप्ताह, डिजाइन प्रतियोगिता र समसामयिक विषयमा गोष्ठीहरु समेत आयोजना गरिनेछ ।
स्टल राख्नेहरुले कसरी लाभ पाउनेछन् ?
यस पटक स्टल राख्नेले पहिलाभन्दा बढी लाभ लिन सक्ने आशा गरेका छौं । पहिला प्रदर्शनीमा जिल्लाबाट आएका उत्पादक, राजधानीका उत्पादक, निर्यातकर्ताहरुबीच भेट हुने थियो । यस पटक विदेशबाट वायरहरु पनि आउने छन् । सार्कस्तरीय हस्तकला व्यापार मेला भएकोले सार्क क्षेत्रका आठ देशहरुबीच हस्तकला व्यापार सरल बनाउने दिशामा यस मेलाले सहयोग गर्छ । विडम्मना कस्तो छ भने भारतमा बनेको हस्तकाल नेपालमा सजिलै आउँछ र बिक्री हुन्छ । तर नेपाली हस्तकला भारतमा निर्यात गर्न प¥यो भने महाभारत नै लड्नुपर्छ । यस्तो समस्याहरु सार्कलेवलमा छलफल हुन्छ । त्यसबाहेक १५÷२० जना चाइनिज वायर आउँदै हुनुहुन्छ । उहाँहरुले बुद्ध सम्वन्धि आर्टमा काम गरिरहेको व्यवसायीसँग कुराकानी गर्दै हुनुहुुन्छ । खासगरी नेपालमा बनेका बुद्धिष्ट आर्टको एउटा शो रुम बेइजिङमा खोल्ने विषयमा कुरा भईरहेको छ । यसले नेपाली हस्तकला व्यापारमा तत्कालिक मात्र होइन, दीर्घकालिन रुपमा पनि फाइदा हुन्छ ।
मेलामा उत्पादनको प्रदर्शनी मात्र होइन, बिक्री पनि बढ्ने अपेक्षा गरिएको छ । यो मेलामा करिव १० करोड रुपैया“सम्मको हस्तकला व्यापार हुन सक्ने हाम्रो अनुमान छ । यो मेलामा करिव ४ लाख मानिसहरुले मेलाको अवलोकन गर्ने छन् । नेपाली हस्तकला खरिद गर्दै आएका विदेशी व्यवसायीहरु पनि मेलामा सहभागि हु“दैछन् । त्यसैले यस मेलाबाट प्रदर्शनीकताले राम्रो लाभ लिन सक्नेछन् ।
हस्तकला व्यापार मेला ११ पटक आयोजना भई सक्यो, यसले समग्र उद्योगलाई कति फाइदा ग¥यो ?
हस्तकला व्यापार मेलाले समग्र उद्योगको प्रवद्र्धनमा एकदमै धेरै सहयोग पुगेको छ । हस्तकलाका समान किनेर उपहार दिने, विदेशमा साथीहरुलाई पठाउने, आन्तरिक हजावटमा हस्तकलाको समान प्रयोग गर्ने अभ्यास बढेको छ । हस्तकलाको आन्तरिक बजार ८÷९ अर्बबाट विस्तार भएर १३÷१४ अर्ब रुपैयाँ बराबर पुगेको अनुमान छ । निर्यात व्यापारको जस्तो आन्तरिक खपत भएको डाटा हामीसँग छैन । तर कच्चा पदार्थको खपत, व्यवसायीहरुले गरेको उत्पादन वृद्धि, व्यापारीहरुको व्यापार आकारमा आएको वृद्धि, उनीहरुमा देखिएको उत्साहका आधारमा हामी निष्कर्षमा पुग्न सक्छौ कि हस्तकलाका आन्तरिक खपत बढेको छ । नेपाली कागज कै कुरा गर्ने हो भने विवाहको कार्डदेखि संघसंस्थाले पठाउने निमान्त्रणा कार्ड, भिजिङ कार्ड, गिफ्ट डायरीमा नेपाली कागजको प्रयोग निकै बढेको छ । पस्मिनाको शो रुमहरुमा भएको विस्तारले यसको आन्तरिक बजार विस्तार भएको संकेत गर्छ । ग्रामिण क्षेत्रमा पनि हस्तकलाको उत्पादन बढेको छ । हस्तकला क्षेत्रमा लाग्नेको संख्या बढेको छ । यही मेलामा नेपाल हस्तकला महासंघका सदस्यहरु, जिल्ला हस्तकला संघ, बस्तुगत संघहरुमा आवद्ध सदस्य उद्यमीहरुको सहभागिता बढेको छ ।
व्यापार मेलाहरु पहिला पनि गरियो, यस वर्ष पनि गर्नुपर्छ भनेर निरन्तरताको लागि मात्र गरिएको छ कि मेलामा नविनता पनि देख्न सकिन्छ ?
अरु बस्तुको व्यापारा मेलाको बारेमा म कुनै टिप्पणी गर्दिन । तर हस्तकला महासंघले आयोजना गर्ने व्यापार मेला अरुको भन्दा फरक हुन्छ । गत बर्षमा हामीले क्राफ्ट कम्पिटिशन गरायौं, यस पटक क्राफ्ट कम्पिटिशन सँगै साकस्तरीय व्यापार मेला आयोजना गर्दैछौं । जिल्लाका व्यवसायीहरुलाई राजधानीका ठूला र निर्यात व्यापारमा लागेका व्यवसायीहरुसँग अन्तरक्रिया गराउने काम पनि गर्दै आएका छौं । मेलाको अवसरमा हामीले गोष्टी, सेमिनार गर्ने, नीतिगत विषयमा छलफल गरेर सुधारका लागि सुझाव दिने काम पनि गर्दै आएका छौं । मेलामा उपभोक्ता र व्यापारी दुबैको लागि कसरी लाभ दिन सकिन्छ भनेर हामीले धेरै गृहकार्य गरेका हुन्छौं ।
हरेक वर्ष मेला हुने निश्चित मिति नै तोक्ने भनेर तपाईहरुले भन्नु भएको थियो, त्यो किन हुन सकेन ?
‘यो महिना, यति तारिक’ भनेर तेक्न मिल्दैन । किनकी आइतबार मेला शुरु भएर विहीबार सकियो भने मेला हेर्न आउनेको संख्या कम हुन्छ । मेला अवधिमा कम्तिमा शुक्रबार, शनिबार हुनुपर्छ । अन्तराष्ट्रिय व्यापार मेलामा हुने अभ्यास पनि यस्तै नै रहेछ । गत वर्षदेखि नै हामीले हरेक वर्ष नोभेम्वर तेस्रो साता हस्तकला व्यापार मेला आयोजना गर्न थालेका छौं । यसले विदेशी वायरहरुलाई नेपाल आउन सहयोग पुग्छ ।
मेला आयोजना गर्दा आम्दानी कति हुन्छ, खर्च कति हुन्छ ?
यो मेलाको बजेट करिव ढेड करोड रुपैयाँको हो । प्रतिस्टल लागत ४० देखि ५० हजार हुन्छ । तर हामीले प्रदर्शनीकर्तालाई सहुलितमा प्रतिस्टल १८ देखि २२ हजार रुपैयाँमा स्टल दिएका छौं । हामीलाई नेपाल सरकारले २० लाख अनुदान दिएको छ । सार्क कल्चर सेन्टर, अमेरिकन राजदुतावास, जीआईजेट, सिभिल बैंक, लघु उद्यम बिकास कार्यक्रम लगायत संस्थाहरुबाट सहयोग प्राप्त छ । यो मेला गरेर हामी नाफा गर्न गईरहेका छैन । संस्थालाई नोक्सान नहुनेगरी व्यवसायीहरुलाई बढीभन्दा बढी लाभ दिने उदेश्यले यो मेला आयोजना गरिएको हो । यस्तो मेलाले हस्तकला व्यवसायीहरुको आर्थिक गतिविधि बढ्यो, निर्यात बढ्दो भने अप्रत्यक्ष रुपमा महासंघको आम्दानी बढिहाल्छ ।
निर्यात बढाउने विदेशमा हुने व्यापार मेलामा नेपाली हस्तकलाको प्रदर्शनी गर्नुपर्ने हुन्छ, यस्तो प्रदर्शनीमा महासंघले के भूमिका खेल्छ ?
हस्तकलाका सामान सबैभन्दा बढी निर्यात गर्ने तीन कम्पनीलाई विदेशमा हुने प्रदर्शनीमा भाग दिनजाँदा महासंघले स्टलभाडाको लागि आर्थिक सहयोग गर्दै आएको छ । साथै, नेपाली हस्तकला निर्यात हुने मुलुकमा हुन लागेको व्यापार मेलाको बारेमा सूचनाहरु संघका सदस्याहरुलाई दिएर मेलामा भाग लिन उत्प्रेरित गर्दै आएको छ ।
निर्यात व्यापारको अवस्था कस्तो छ ?
निर्यात करिव १० प्रतिशतले बढेको छ । ४०÷४५ प्रकारका हस्तकलाका समानहरु ८०÷८२ देशमा निर्यात हुन्छ । उत्पादनमा विविधिकरण हुँदै गएको छ । बजारमा धेरै परिवर्तन आएको छैन । पछिल्लो समयमा चीनतर्फ बुद्धिजम आर्ट एण्ड क्राफ्टको निर्यात बढ्दै गएको छ । चीन सरकारले पनि बुद्धिजम आर्ट एण्ड क्राफ्ट चासो बढाएको छ । सायद चीन सरकारले यस्तो बस्तु आयत गर्नेलाई केही छुट पनि दिएको हुनुपर्छ । चीनतर्फ बुद्धको मुर्ति निर्यात करिव ४० प्रतिशतले बढेको छ ।
निर्यात वृद्धिलाई सरकारले दिएको निर्यात अनुदानबाट हस्तकला व्यवसायी कत्तिको लाभान्वित भएका छन् ?
निर्यात रकमका आधारमा सरकारले २ देखि ३ प्रतिशत अनुदान दिन्छ । यसबाट ठूला व्यवसायीहरुले केही लाभ लिएका छन् । तर साना व्यापारीले लाभ लिन सकेका छैनन् । उत्पादनको तहमा रहेका व्यवसायीसम्म त्यो अनुदान पु¥याउन हामीले माग गर्दै आएका छौं । हामी चाहान्छौं, सरकारले अनुदान प्रतिशत पनि बढाउनेपर्छ, साना उत्पादक र व्यापारीले पनि त्यसबाट लाभ लिन सक्ने हुनुपर्छ । सरकारले दिएको सुविधा लिन असंगठित रुपमा रहेका व्यवसायीहरुले संगठित रुपमा काम गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.