एक अर्बको इक्विटी फण्ड जारी गर्दैछौं

  २०७१ भदौ २९ गते ११:४६     विकासन्युज

Prabin_raman_parajuli

प्रविणरमण पराजुली, प्रमुख कार्यकारी अधिकृत, नविल इन्भेष्टमेन्ट लिमिटेड

हामीले स्कीम निकाल्दा ७ प्रतिशत लाभांश दिने घोषणा गरेका थियौं । तर आज हामीले १४ प्रतिशत लाभांश दिने निर्णय गरिसकेका छौं । 

अधिकांश लगानीकर्ता हर्ड मेन्टालिटीमा छन् । घट्यो भने पनि सबैजना हामफाल्ने, बढ्यो भने पनि सबैजना हामफाल्ने ।
सेयरको मूल्य घट्नुपर्ने आधार छैन । कम्पनीहरूले हामीले सोचेको भन्दा बढी लाभांश घोषणा गर्न थाले । अब साधारणसभा हुन्छ र प्रतिफल आउ“छ ।
आपूर्ति बढ्दा मूल्य घट्छ भन्ने स्ट्याण्डर्ड नियम हो । तर नेपालको बजार फरक छ ।
बजार घट्दा साना लगानीकर्ताले मात्र होइन, ठूला लगानीकर्ताले पनि गुमाइराखेको हुन्छ ।

नबिल इन्भेष्टमेन्ट स्थापनादेखि नै तपाईले यस कम्पनीको व्यवस्थापकीय नेतृत्व लिनुभएको छ । कस्तो रह्यो अनुभव ?

नेपालमा इन्भेष्टमेन्ट कम्पनी खुल्ने क्रममा पहिलो चरणमा नै नविल इन्भेष्टमेन्ट खुलेको हो । त्यसैले हाम्रो लागि पनि नया“ अनुभव भयो, नियमनकारी निकायका लागि पनि नया“ अनुभव भयो । त्यसैले लाईसेन्स पाउन नै धेरै समय लाग्यो । लाईसेन्स पाएपछि हामी फटाफट काम गर्न सफल भयौ । हामीले ६० करोडको म्यूचुअल फण्ड जारी ग¥यौं । ६० करोडको फण्ड बिक्री नहोला भन्ने हामीलाई डर थियो । तर सर्वसाधारणबाट नै २ अर्ब रुपैया“भन्दा बढीको आवेदन आयो । ३६ दिनभित्रका बा“डफा“ड, फिर्ता भुक्तानी र नेप्सेमा सूचिकरणको काम सम्पन्न ग¥यौं । यी सबै कार्य नेपालको पु“जीबजारको इतिहासमा हामीले सबैभन्दा छोटो अवधिमा सम्पन्न गरेका थियौं ।
हामीले स्कीम निकाल्दा ७ प्रतिशत लाभांश दिने घोषणा गरेका थियौं । तर आज हामीले १४ लाभांश दिने निर्णय गरिसकेका छौं । लगानीकर्तालाई दिएको प्रतिबद्धताभन्दा १०० प्रतिशत लाभांश दिन सक्नु नै हाम्रो लागि सबैभन्दा खुशीको विषय भएको छ । लगानीकर्ताले अबको एक सातामा नै लाभांश लिन सक्नुहुनेछ । यो सफलताले हामीलाई उत्साहित गरेको छ । हामीले दोस्रो स्कीम जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन गरिसकेको छौं । अहिले क्रेडिट रेटिङको काम भइरहेको छ । क्रेडिट रेटिङको काम सकिने वित्तिकै १ अर्ब रुपैया“को इ क्विटी फण्ड जारी गर्ने छौं ।

पूर्वानुमान गरिएको भन्दा १०० प्रतिशत बढी लाभांश दिन सकिने अवस्था कसरी आयो ? अनुकूलताहरू के के थिए ?
पहिलो, हामीले राम्रो कम्पनीहरूको सेयरमा लगानी ग¥यौं । हामीले सेयरमा लगानी गर्दा नेप्से परिसूचक ५०० को हाराहारीमा थियो । नेप्से परिसूचक ६५० को हाराहारीमा हु“दा सबै लगानी भइसकेको थियो । नेप्से ५०० हु“दा गरेको लगानी नेप्से १००० पुग्दा डबल त त्यसै भयो । बजार मूल्यले हामीलाई साथ थियो । साथै, हामीले बजारमा भएको औसत वृद्धिभन्दा बढी नै लाभ लिएका छौं । किनकी हामीले सेयरका कुल फण्डको ७० प्रतिशतमात्र लगानी गरेका छौं । यो स्कीममा ६५ देखि ७० प्रतिशतमात्र सेयरमा लगानी गर्न पाउने सीमा छ । बा“की ३० देखि ३५ प्रतिशत रकम मुद्दती निक्षेप वा कर्पोरेट बण्ड, डिबेन्चरमा लगानी गरेका छौं । सरकारी ऋणपत्रमा लगानी छैन ।

नविल इन्भेष्टभेन्टले कुन कुन कम्पनीको सेयरमा लगानी गरेको छ ?
कम्पनीको नाम त हामीले भन्न मिल्दैन । वित्तीय संस्थाको सेयरमा बढी लगानी छ । वाणिज्य बैंक र पोखरा वेसका विकास बैंकको सेयरमा लगानी गरेका छौं । आजको मितिसम्म फाइनान्स कम्पनीको सेयरमा लगानी गरेका छौं । वीमा कम्पनी, जलविद्युत् कम्पनी, उत्पादनमूलक कम्पनी, टेलिकममा लगानी गरेका छौं । हामीले कुनै पनि एक कम्पनीको सेयरमा १० प्रतिशतभन्दा लगानी गर्न पाउ“दैनौ । अझ हामी परम्परागत सोचमा चलेका छौं, अधिकतम सीमासम्म पनि लगानी गरेका छैनौं ।

लगानी गर्ने सेयर छनौटको आधार के के हुन् ?
मुख्यतया दुईटा विषयलाई हेर्छौ । पहिलो, कम्पनीको आधारभूत वित्तीय परिसूचक राम्रो भएको हुनुपर्छ । दोस्रो, कम्पनीको रिर्टन रेसियो हेर्छौ । त्यसबाहेक कम्पनीको सेयर मूल्यमा भइराखेको उतार–चढाव, कम्पनीको पृष्ठभूमि, वर्तमान व्यवस्थापन पक्षको गहिरो विश्लेषण गरेर लगानी गछौं ।

बण्ड, डिबेन्चर, सेयर र मुद्दती बचतको रिर्टन अवस्था कस्तो छ ?
मुद्दती, बण्ड तथा डिबेन्चरको रिर्टन त ८÷९ प्रतिशत हो । हामीले ८ प्रतिशतभन्दा कम कही“ पनि राखेका छैनौ । सेयरमा गरिएको लगानीको रिर्टन त धेरै राम्रो छ । कम्पनीपिच्छे फरक हुन्छ । हाम्रो लगानी राम्रो भएकैले १० रुपैया“को स्कीम बजारमा १५/१६ रुपैया“मा बिक्री भइराखेको छ ।
अरू क्षेत्रमा भन्दा सेयरमा लगानी गर्दा बढी प्रतिफल पाइने हो ?
एक्पर्टीज (विज्ञ) हरूस“ग परामर्श गरेर गरेको लगानीको प्रतिफल राम्रो हुन्छ । वास्तविकता नबुझेर लगानी ग¥यो भने समस्या आउ“छ ।

सेयर बजारमा बुझेर लगानी गर्ने कति छन्, नबुझी लगानी गर्ने कति छन् ?
लगानीको अवसर छ । वित्तीय बजारमा तरलता प्रशस्त छ । व्याजदर कम छ । सेयर बजारमा मूल्य एक वर्षको अवधिमा डबल नै भयो । यसबीचमा धेरैले राम्रो आम्दानी गरे । र, बजारमा धेरै नया“ लगानीकर्ता पनि आए । जति नया“ लगानीकर्ता आएका छन् उनीहरूले कम्पनीको वास्तविकता बुझेर, विश्लेषण गरेर लगानी गरेको छन् जस्तो मलाई लाग्दैन ।

पछिल्लो दिनमा दैनिक नेप्से परिसूचक बढे पनि सर्किट बे्रक लगाउनुपर्ने गरी बढ्ने र घटे पनि सर्किट ब्रेक लगाउनु पर्ने गरी घट्ने गरेको देखिन्छ, किन यस्तो भइराखेको ?
राष्ट्र बैंकको निर्देशनले एक हदसम्म लगानीकर्तामा अन्यौलता र भ्रम सिर्जना गरिदियो । राष्ट्र बैंकले जे निर्देशन जारी गरेको छ त्यो ठिक छ । तर बजारमा नेगेटिभ सेन्टीमेन्ट गयो । बजार घट्नुपर्ने आधार छैन ।

सक्रिय लगानीकर्ता नै ३/४ लाख छन् भनिन्छ । के उनीहरू कुरै नबुझी हल्लाको पछि दगुरिराखेका छन् ?
म त त्यही भन्छु । अधिकांश लगानीकर्ता हर्ड मेन्टालिटीमा छन् । घट्यो भने पनि सबैजना हामफाल्ने, बढ्यो भने पनि सबैजना हामफाल्ने । हामीका वित्तीय साक्षरता ज्यादै कम छ ।

हल्लाको भरमा निर्णय गर्छन् भन्ने आधार के ?
राष्ट्र बैंकले एउटा सर्कुलर जारी ग¥यो । सेयर बजार ह्वात्तै घट्यो । राष्ट्र बैंकले प्रष्टीकरण मात्र दियो, निर्णय परिवर्तन गरेको छैन, बजार फेरि बढ्न थाल्यो । राष्ट्र बैंकले नया“ नीति ल्याउ“दैछ भन्ने हल्ला चल्यो, फेरि बजार घट्यो । प्रधानमन्त्रीको आर्थिक सल्लाकारले एउटा स्पीच दिए, सर्किट ब्रेक लगाउनु पर्नेगरी बजारमा वृद्धि आयो । त्यो कुनै निर्णय थिएन । यस्तो हल्लाको भरमा लगानीकर्ताले निर्णय गर्ने होइन नि ।

पछिल्ला दिनहरूमा नविल इन्भेष्टमेन्टले सेयर किनिरहेको छ कि बेचिरहेको छ ?
हामी अहिले बेच्दैनौ । बेच्नुपर्ने कारण नै छैन । सके किन्थ्यौं । तर हामीस“ग सेयर किन्ने फण्ड नै छैन ।

सेयर बढ्नुपर्ने कारण के छ ?
बढ्नुपर्छ भन्ने होइन । तर घट्नुपर्ने आधार छैन । कम्पनीहरूले हामीले सोचेकोभन्दा बढी लाभांश घोषणा गर्न थाले । अब साधारण सभा हुन्छ । प्रतिफल आउ“छ । कम्पनीहरूको ग्रोथ राम्रो छ । वृहत् अर्थतन्त्रको परिसूचकहरू पनि राम्रै छ । संविधान बन्ने आस छ । दलहरू झगडा मात्र गरेर बसेका छैनन्, राजनीति एउटा प्रोसेसमा चलिरहेको छ । अरू क्षेत्रमा लगानीको अवसरका कम छ । सस्तो र सजिलो कर्जाले सेयर बजारमा लगानी बढाउन ºयूलको काम गरेको छ । यसबीचमा संस्थागत लगानीकर्ता पनि आए ।

वित्तीय संस्थाहरूले नगदभन्दा बोनस सेयरलाई प्राथमिकतामा राखेको देखियो । प्रमोटर सेयर साधारण सेयरमा परिवर्तन गर्ने सूचनाहरू प्रकाशित भइराखेको छन् । हकप्रद सेयर जारी गरेर पु“जी बढाउने पक्षमा पनि थुपै्र कम्पनीहरू देखिन्छन् । निकट भविष्यमा सेयरको आपूर्ति पक्ष कस्तो होला ? त्यसले मूल्यमा कस्तो प्रभाव पार्ला ?
हो, सेयर आपूर्ति बढ्छ । आपूर्ति बढ्दा मूल्य घट्छ भन्ने स्ट्याण्डर्ड नियम हो । तर नेपालको बजार फरक छ । बोनस सेयर आउने भनेपछि कम्पनीको सेयर मूल्य बढेको पाइन्छ । हकप्रद सेयर जारी हुने अवस्थामा पनि सेयर मूल्य बढेको पाइन्छ । सेयर आपूर्ति पक्कै पढ्छ । तर बजारमा माग पनि छ । इन्भेष्टमेन्ट कम्पनीहरू थपिदैछन्, नया“ स्कीम आउ“दैछन् । बीमा कम्पनीहरूले सेयरमा लगानी गर्ने दायरा फाराकिलो हु“दैछ भन्ने खबर आएको छ ।

विगतमा संस्थागत लगानीकर्ता आएपछि बजारमा स्थायीत्व आउ“छ भनिन्थ्यो । अहिले बजारमा संस्थागत लगानीको उपस्थिति छ, तर बजारमा देखिएन, किन ?????????????????????????????
म्युचूअल फण्डहरू बजार मेकर होइनन् । उनीहरूको पनि आफ्नै सीमा र दायित्व छ । उनीहरूले पनि पब्लिकको पैसा चलाएका छन् । उनीहरू पनि पब्लिकप्रति जवाफदेही बन्नुपर्छ । बजार घट्दै गएको अवस्थामा अझै घट्छ कि भनेर वेट त गर्नैपर्छ । मल्टिपलस्किम आईपछि म्युचूअल फण्डको क्यापासिटी बढ्छ । त्यसले बजारमा स्थायीत्व ल्याउन अहिलेभन्दा बढी सहयोग गर्छ ।

ठूला लगानीकर्ताले चलखेल गरेर बजार घटाए भन्ने भनाईहरू मिडियामा आइराखेको देखिन्छ, सा“च्चै हो ठूला लगानीकर्ताले बजारमा अस्थिरता ल्याएको ?
यो भन्न गाह्रो छ । प्रमाण कसैस“ग छैन । तर २/४ जनाले चाहेर बजारमा मूल्य घटाउन वा बढाउन सक्दैनन् । त्यसको लागि ठूलो ग्रुप चाहिन्छ । ठूलो गु्रपमा सबैको कमन इन्टे«ष्ट, विनविन सिच्युएसन नहुन सक्छ । बजार घट्दा साना लगानीकर्ताले मात्र होइन, ठूला लगानीकर्ताले पनि गुमाइराखेको हुन्छ ।

नविल इक्विटी फण्ड कहिले आउ“छ, यो कस्तो प्रकारको फण्ड हो ?
क्रेडिट रेटिङको काम सकिने बित्तिकै हामीले स्कीम ल्याउ“छौं । यो इक्विटी फण्ड हो, ९० प्रतिशतसम्म सेयरमा लगानी गर्न पाइन्छ । १० प्रतिशतमात्र लिक्विटी वा फिक्स डिपोजीटमा बस्छ । यसको साईज १ अर्ब भनिए पनि माग बढी आयो भने १ अर्ब २५ करोड रुपैया“सम्म जान सक्छौं । यो स्कीममा लागत पहिलाको तुलनामा ५० प्रतिशत कम गछौं । यसको लाभ लगानीकर्ताले पाउ“नेछन् । त्यसका १ प्रतिशत फण्ड म्यानेजर फि, शून्य दशमलव २५ प्रतिशत डिपोजिटरको फि छ, सुपरभाईजर शूल्य दशमलव १२५ छ । खर्चलाई एक दशमलव ३७ प्रतिशतभित्र राख्ने प्रयास गरिरहेको छौं । यसले दिने लाभांश प्रक्षेपण गरिसकेका छैनौ । तर ७ देखि १० प्रतिशत राख्न सकिएला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.