अटो उद्योग स्थापना गर्न ठूलो लगानी आवश्यकता पर्छ

२०७१ भदौ २२ गते १३:३३ विकासन्युज

नेपालको अटो मार्केटको अवस्था कस्तो छ ?
नेपालको अटोमार्केटमा प्रचुर सम्भावना र थुप्रै अवसरहरू छन् । त्यसका साथै चुनौती पनि उत्तिकै छ । विश्वका जुन–जुन मुलुकमा अटोमोवाइको विकास भएको छ, ती देशहरू विकसित पनि भएका छन् । तसर्थ अटो व्यवसाय विकासको सम्वाहक हो । अटो मार्केटले एक व्यक्तिलाई स्थानान्तरण गर्न सहयोग गर्नुका साथै इफेक्टीफनेश, इफीसेन्सी र कम्पीटेटिभनेश बढाउन सहयोग गरेको छ । नेपालको हरेक जिल्ला सदरमुकाममा सडक सञ्जाल पुगेको छ । हामीस“ग विभिन्न खालका गरी झन्डै ८० हजार किलोमिटर सडक छन् । पछिल्लो समय पूर्वाधारको विकास बढिरहेको छ । जति पूर्वाधारको विकास हुन्छ उति नै अटो क्षेत्रको विकास हन्छ । तर, नेपालमा त्यसमध्ये ८ हजार किमी जति सडकमात्र राम्रोखालको छ । यसले गर्दा केही समस्या भने उत्पन्न भएको छ ।
नेपालमा वार्षिकरुपमा अटो मार्केट बढिरहेको छ तर किन व्यवसायीहरूले नेपालमै उत्पादन गर्न सकिरहेका छैनन् ?
नेपालको अटो मार्केटको बजार बढे पनि धेरै वटा ब्राण्डका सवारीसाधनको बिक्री भइरहेको छ । धेरै वटा ब्राण्डका गाडीहरू बिक्री हु“दा ठूलो भोलूममा बिक्री भएको देखिएको हो । एउटै मोडलका गाडी यसअनुसार बिक्री हु“दैन । यस्तै, अटो उद्योग स्थापना गर्न ठूलो लगानीको आवश्यकता पर्छ । यो उद्योगका लागि पर्याप्त मात्रामा बिजुलीको आवश्यकता पर्छ । तर, हामीकहा“ दैनिक १२ घण्टाको लोडसेडिङ छ । यस्तैगरी, जग्गा पनि प्रशस्त चाहिन्छ । जग्गा प्राप्तिका लागि स्थानीय अवरोध छ । नेपालमा सवारीसाधनमा निर्माणका लागि आवश्यक दक्ष जनशक्तिको पनि अभाव छ । यस्तै, अटोमोवाइल उद्योग एसम्बलिङ उद्योग हो । एउटा गाडी निर्माणका लागि ६ देखि ७ हजार पार्टपूर्जाहरू जोड्नुपर्छ । तर, नेपालमा एसम्बलिङ उद्योगलाई हेर्ने दृष्टिकोण त्यति राम्रो छैन । सरकारले अटो उद्योगलाई स्थापित हुनेगरी नीतिगतरुपमै छुट्टै व्यवस्था गर्नुपर्छ । यसका लागि आवश्यक पार्टपूर्जा स्वदेशमै बन्ने वातावरण बन्नुपर्छ । उदाहरणका लागि टर्कीमा हुण्डाईले उद्योग स्थापना गर्दा त्यसका लागि आवश्यक सम्पूर्ण सामग्री कोरियाबाट लैजान्थ्यो । तर, अहिले ६० प्रतिशत पार्टपूर्जा टर्कीमै बन्न थालेका छन् । यसले देशको कुल ग्राह्स्थ्य उत्पादनमा ठूलो सहयोग पु¥याएको हुन्छ । नेपालमा पनि त्यस्तै वातावरण भएमा मात्र अटो उद्योग खुल्नसक्छ । यस्तै, अटो क्षेत्रमा सरकारले ठूलो मात्रामा कर लगाएको छ । यदि विद्यमान करको दरलाई घटाउने हो भने पनि बिक्रीदर दोब्बरले बढ्नेछ र अटो उद्योग खुल्ने सम्भावना पनि रहन्छ । अहिलेको जस्तै व्यवस्था रहेसम्म नेपालमा अटो उद्योग खुल्न सक्ने अवस्था छैन ।
नेपालको अटो मार्केटमा व्यवसायीका लागि के–कस्ता नीतिगत समस्याहरू रहेका छन् ?
मुख्य कुरा सोचमा परिवर्तन ल्याउनु जरुरी छ । सरकारले अटो मार्केटलाई बिलाशिताको सूचीमा राखेको छ । यो विलाशिताको साधन हो वा होइन छुट्याउनु जरुरी छ । अटो क्षेत्रलाई विलाशिताको सूचीबाट हटाएर मध्यम बर्गमा पु¥याउनु पर्छ । सरकारले सवारीसाधनलाई राजस्वमुखी बनाएर बढी भन्सारदर लगाएको छ । विद्यमान भन्सारदर घटाउनु पर्छ । भन्सारदर घटाउने हो भने मध्यमवर्गमा सवारीसाधनको पहु“च पुग्नुका साथै राजस्व उठौतीदर पनि बढ्नेछ ।
नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)मा गएपछि भन्सारदर घटाउनुपर्नेमा घटाईएको छैन, यसलाई घटाउन नाडाले कसरी लिएको छ ?
नेपालको अटो क्षेत्रमा लगाएको भन्सारदर विश्वको सबैभन्दा बढी हो । अन्य देशले सवारीसाधन आयात गर्दा यति धेरै भन्सार लगाएका छैनन् । यसमा सरकार आपैm“ले सोच्नुपर्ने विषय हो । नेपाल डब्लूटीओमा गएपछि अन्य उद्योगलाई सुविधा दि“दैआएको छ । तर, अटो उद्योगलाई चासो दिएको छैन । अरू उद्योगले पाउनुपर्ने सुविधा अटो उद्योगले पनि पाउनुपर्छ ।
सरकारले सवारीसाधन पूर्णरुपमा आयातित बस्तु भएको र यसमा लाग्दै आएको भन्सारदर घटाउ“दा आयात झन् बढ्ने भएकाले नघटाएको बताउ“दै आएको छ । यसमा नाडाको के धारणा छ ?
पछिल्लो २० वर्षको अवधिमा सवारीसाधन दर्ता हुने क्रम ८ सय गुणभन्दा बढीले बृद्धि भएको छ । तर, सोहीअनुरुप सडक सञ्जाल बृद्धि भएको छैन । नेपालमा सार्वजनिक यातायातको न्यून व्यवस्था भएकाले निजी सवारीसाधनको प्रयोग बढीरहेको छ । काठमाडौं उपत्यकाको जनघनत्व दिनानुदिन बढिरहेको छ । यस्तै, सवारीसाधनले कुनै पनि व्यक्तिको इफेक्टीफनेश, इफीसेन्सी र कम्पीटेटिभनेश बढेको छ । जसले गर्दा निजी सवारीसाधन किन्ने क्रम बढीरहेको छ । राज्यले आवश्यकता अनुसार स्रोत र साधनको बा“डफा“ड गर्नुपर्छ । अहिलेले अवस्थामा द्रूत गतिमा सडक विस्तार गर्नुपर्ने बाध्यता छ । सडक विस्तार गर्ने हो भने सवारीसाधन बिक्री अझै बढ्छ ।
नेपालका कति प्रतिशत जनसंख्याले निजी सवारीसाधन प्रयोग गरिरहेका छन् ?
सम्पूर्ण निजी सवारीसाधनको प्रयोग हेर्ने हो भने कुल जनसंख्याको तुलनमा ५ प्रतिशतभन्दा कमले मात्र प्रयोग गरिरहेका छन् । त्यसमा पनि चारपाङ्ग्रे सवारीसाधनको हिस्सा जेरो दशमलव ५ प्रतिशत मात्र छ । अन्य सबै मोटरसाइकल छन् । नेपालको निजी सवारीसाधन प्रयोगकर्ताको संख्या एकदमै न्यून छ । यति न्यून निजी सवारीसाधको प्रयोगकर्ताको संख्या अन्य देशमा छैन होला ।
कि यस्तो भएको ?
सरकारले जुनरुपमा उच्च भन्सारदर लगाउ“दै आएको त्यसअनुसार नेपाली जनताले सवारीसाधन नै किन्न सक्दैनन् । यस्तै, सवारीसाधन किनेर चलाउने ठाउ“ पनि छैन । आगामी दिनमा निजी सावारीसाधन प्रयोगकर्ताको संख्या बढाउन विद्यमान भन्सार महसुल घटाउनुका साथै सडक सञ्जाल बृद्धि गर्नुपर्छ ।
नेपालमा स्पेयर पार्ट चोरी पैठारी भइरहेको आरोप छ । यसमा नाडाको के धारणा छ ?
नाडा जहिले पनि फ्री एण्ड फेयर ट्रेडमा विश्वास राख्छ । सरकारले व्यवसायीलाई फ्रीरुपमा व्यवसाय गर्नसक्ने वातावरण बनाइदिनुपर्छ । केही वर्षअघि गाडीहरूमा विकृति छ भन्ने गुनासो आएपछि नाडाले सरकारस“ग सहकार्य गरेर सवारीसाधनको एमआरपी प्रकाशित गर्दैआएको छ । उक्त व्यवस्था सफल पनि भएको छ । स्पेयर पार्टमा केही विकृति भने छ । यसो हुनुको मुख्य कारण भारतस“गको खुला सिमाना हो । यस्तै, सरकारले पार्टपूर्जामा पनि उच्च भन्सारदर लगाउ“दै आएको छ । जसले गर्दा चोरी पैठारीलाई प्रोत्साहन गरेको छ । स्पेयर पार्टको चोरी–पैठारी कम गर्न नाडाले सरकारलाई भन्सारदर घटाउन आग्रह गर्दैआएको छ । तर, यसमा सुनुवाई भएको छैन । नेपालमा जेन्यूयन, ओरजिनल र नक्कली गरी तीन प्रकारको स्पेयर्स पार्ट भित्रिरहेका छन् । सरकारको गलत नीतिका कारण नक्कली स्पेयर्स पार्टको बिक्री बढी भइरहेको छ । यदि स्पेयर पार्टस्मा लाग्दैआएको भन्सार दर घटाउने हो भने नक्कली स्पेयर्स पार्टको चोरी–पैठारी घट्नुका साथै सरकारको राजस्व उठौतीमा पनि बृद्धि हुनेछ । यसले दुर्घटना न्यूनिकरणमा सहयोग गर्छ ।
स्पयेर्स पार्ट बिक्री गर्ने प्रायः व्यवसायीहरू नाडामा आवद्ध छन् र उनीहरूले नै चोरी–पैठारीका नक्कली पार्टसहरू बिक्री गर्दैआएका छन् । नाडाले यसलाई रोक्न सक्दैन ?
नाडास“ग रेगुलेटरी अथोरिटी छैन । नाडाले राम्रो कामको प्रोत्साहन गर्ने काम गरिरहेको छ । नक्कली तथा चोरी पैठारी भएर आउने सवारीसाधनको आयात रोक्ने काम सरकारको हो ।
पछिल्लो समय सवारी प्रदूषण मापदण्ड २०६९ आएको छ । यसको कार्यान्वयनको अवस्था चाही“ कस्तो छ ?
मापदण्ड निर्माणपछि आयातमा एकदमै कडाइका साथ कार्यान्वयन भएको छ । तर, मापदण्ड आउनुभन्दा अघिका एकदमै पुराना सवारीसाधन हटाउनेजस्ता विषयमा भने कुनै पनि कार्यान्वयन भएको छैन । २०५६ सालको सवारी प्रदूषण मापदण्डले यूरो १ को मात्र सवारीसाधन आयात गर्न मिल्थ्यो । तर, नेपालमा यूरो १ मापदण्ड नै नभएका झन्डै ३ लाख सवारीसाधन चलिरहेका छन् । यसको उचित व्यवस्थापन गरिनुपर्छ । नेपालमा सावारीसाधले प्रदूषण ग¥यो भन्ने आरोपछ । तर, त्यसमा प्रयोग हुने उपयुक्त खालका पेट्रोलियम पदार्थ आयात भएको छैन । यसले गर्दा प्रदूषण बढेको छ ।
नेपालको लुब्रिकेन्ट्स उद्योग हेर्दा ३ अर्बभन्दा बढी लगानी भइरहेको छ । ती उद्योगहरू पूmल फेजमा सञ्चालन गर्ने हो भने नेपालका लागि आवश्यक लुब्रिकेन्ट्स उत्पादन गर्न सक्ने क्षमता छ । तर, बजार हिस्सा हेर्दा नेपाली उत्पादनको प्रतिनिधित्व ३० प्रतिशतमात्र छ । किन यस्तो भइरहेको छ ?
पछिल्लो समय नेपाली लुब्रिकेन्ट्स उद्योगको बजार क्रमशः बढीरहेको छ । उद्योगी व्यवसायीहरू पनि उत्साहित छन् । तर, सरकारले लुब्रिकेन्ट्स उत्पादका लागि आवश्यक कच्चा पदार्थ बेस आयल आयातमा बढी भन्सारदर लगाएको छ । जसले गर्दा विदेशी उत्पादनस“ग प्रतिस्पर्धा गर्न कठिन भएको छ । यसमा सरकारले सोच्नुपर्ने हुन्छ । अर्कोतर्फ नेपालमा वर्षोदेखि विभिन्न विदेशी ब्राण्डका लुब्रिकेन्टसको वर्सच्व छ । यसलाई प्रतिस्थापन गर्न केही समय लाग्छ ।