नियत खराब होइन, ढंग नपुगेको मात्रै

२०७१ भदौ १६ गते १४:२९ विकासन्युज

परशुराम कुँवर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत

ग्राण्ड बैंक नेपाल लिमिटेड

गत चैतमा ८ करोड ९४ लाख रुपैयाँ खुद मुनाफामा गएको ग्राण्ड बैंक असार मसान्तसम्ममा आउदा १ अर्ब ६० करोड ६५ लाख रुपैयाँ खुद नोक्सानमा गएको रिपोर्ट सार्वजनिक गर्नुभयो, कसरी यस्तो भयो ?
हामीले जति नोक्सान भएको रिपोर्ट प्रकाशित गरेका छौं, त्यो नगद नोक्सानी होइन । बुक लस हो । राष्ट्र बंैकको नियमअनुसार व्याज भुक्तानी नभएका कर्जाहरूको प्रोभिजन गरेका छौं । १ अर्ब ९३ करोड रुपैया“ प्रोभिजन गर्नुपर्दा बुक लस देखिएको हो । बैंकको सञ्चालन मुनाफा अहिले पनि २७ करोड रुपैया“भन्दा बढी छ । कसैले संसारको बैंकमध्ये राम्रो मानिने अमेरिकाको सिटी बैंक पनि यस्तो नोक्सानमा गएको थियो । ऊ बाउन्स व्याक भयो । अहिले राम्रोस“ग सञ्चालन भइरहेको छ । हाम्रो कर्जा डुबेको होइन, प्रोभिजन गरिएको मात्र हो । धितो बेच्दा कर्जा असुली हुन्छ । कोही पनि अत्तालिनुपर्ने अवस्था छैन । बैंकले फेरि नाफा कमाउ“छ ।
प्रोभिजन गरिएका कर्जा उठ्छन् ?
जुन कर्जाहरूमा प्रोभिजन गरिएको छ तीमध्ये अधिकांशको धितो पर्याप्त छ । घर–जग्गा धितो राखिएको छ । धितो पर्याप्त भएकोले अधिकांश कर्जा धितो लिलामी गरेर पनि उठ्छ । सबैभन्दा राम्रो पक्ष के छ भने हाम्रा सम्पूर्ण ग्राहक ९ऋणी० सम्पर्कमा छन् । कोही पनि भागेका छैनन् । उनीहरूले कर्जा तिर्न समय मागिरहेका छन् । धितो वा घर–जग्गा बेच्न समय चाहियो भनिरहेका छन् ।
ऋणीले समय माग्नु स्वाभाविक हो, बैंकले कति समय दिन्छ  ?
म यस बैंकमा आएको तीन महिनामात्र भयो । उनीहरूले केही समय माग्दा मैले हुदै हुदैन, आजै पैसातिर, भोलि नै तिम्रो धितो लिलामी प्रक्रियामा पठाउ“छु भन्नु पनि फियर हु“दैन । त्यसैले ग्राहकलाई केही समय दिइरहेका छौं । तर जसले कर्जा तिर्न सहयोग नै गरिरहेको छैन, सम्पर्कमै आउन चाह“दैन, कर्जा तिर्न प्रयास नै गर्दैन भने उसको धितो लिलामी प्रक्रिया अघि बढी सकेको छ ।
कर्जा असुलीको पनि लामो प्रक्रिया छ । ३५ दिने सूचना दिन प¥यो । फेरि १५ दिनको सूचना दिनुप(यो । फेरि ७ दिनको सूचना दिनुपर्छ । दुई महिना नियमित प्रक्रियामा बित्छ । पुस मसान्तसम्ममा उल्लेखनीय प्रगति हुनेछ । एक वर्षभित्रमा धेरै बैंक सामान्य अवस्थामा फर्कन्छन् ।
पहिलाको व्यवस्थापनले कर्जा असुलीमा पर्याप्त ध्यान दिएको रहेनछ ?
म कसैको विगतलाई लिएर कमेन्ट गर्न चाहान्न । अहिलेसम्मको मेरा बुझाईमा सायद अलिकति ढङ्ग पुगेन कि ।
ढड्ड नपुगेको कि नियत नै खराब थियो ?
नियत खराब भन्दिन, त्यस्तो देखिदैन । तर ढङ्ग नपुगेको चाही हो ।
यस बैंकको महत्वपूर्ण लगानीकर्ता र १४ वर्षसम्म प्रमुख कार्यकारी अधिकृत रहेका सुधीर खत्रीले बैंक छाडेको ५ महिना भयो । राष्ट्र बैंकको दबाबमा उनले राजीनामा गरेको खबर पनि आए । उनी अहिले नेपाल बाहिर छन् । सुधीर खत्रीले बैंक डुवाएर भागेको हो कि भन्ने आशंका बजारमा छ । के उनले बदमासी नै गरेका रहेछन् ?
म यस विषयमा केही पनि टिप्पणी गर्न चाहान्न । सरसर्ती विश्लेषण गर्दा अलिकति ढङ्ग नपुगेको देखिन्छ ।
ढड्ड के केमा नपुगको देखिन्छ ?
मानौं, अहिले लिलामी गर्नुपर्ने धितो दुई वर्ष पहिले नै लिलामी गर्नुपर्ने अवस्था थियो कि । त्यता ध्यान गएन कि ।
तपाईंले धेरै बैंकमा काम गर्नुभएको छ र बैंक सिस्टममा चलाउनुपर्छ भन्ने स्कूलिङबाट आउनुभएको छ । यो बैंक सिस्टममा चलेको रहेछ कि व्यक्तिले मनोमानीरुपमा सञ्चालन गरेको अवस्था रहेछ  ?
सुधारको गुञ्जायस जहा पनि हुन्छ । अमेरिका जस्तो महाशक्ति देश, जहा स्रोत, साधन, जनशक्ति केही अभाव छैन । त्यहा पनि ठूला ठूला समस्या आए । २००८ को मन्दी अमेरिकाबाटै सुरु भयो । अमेरिकाको बेष्ट बैंक मानिने सिटी बैंक पनि आर्थिक संकटमा प¥यो । यो ग्राण्ड बैंकमा पनि धेरै सुधार जरुरी छ । म अहिले दैनिक १४ घन्टा काम गर्छु । हरेक दिन बिहान ६ बजेदेखि १० बजेसम्म स्टाफलाई तालिम दिइरहेको छु । के के सुधार गर्नु छ, कसरी सुधार गर्न सकिन्छ भनेर स्टाफसग अन्तरक्रिया गरिरहेको छु । राम्रो पक्ष के छ भने यो बैंकको कर्मचारी क्षमतावान छन् । उनीहरूलाई अतिकति तालिम आवश्यक छ ।
तपाई यो बैंकमा आउने वित्तिकै कर्मचारीलाई तालिम किन आवश्यक प¥यो ?
म कर्मचारीको बारेमा फष्ट ह्याण्ड इम्फरमेशन लिन चाहान्छु । सिइओको कक्षमा एकजना कर्मचारीलाई सिकाउनुभन्दा समूहमा नै राखेर आफ्ना कुरा भन्यो भने सबैले सिक्ने अवसर पाउ“छन् । मैले के चाहेको छु भन्ने कुरा कर्मचारीलाई जानकारी हुन जरुरी छ र कर्मचारीले के चाहेका छन् भन्ने कुरा मैले जानकारी लिन जरुरी छ । कर्मचारीलाई तालिम दिनु पनि सुधारको एउटा महत्वपूर्ण पाटो हो ।
केपीएमजीको एक टोलीले ग्राण्ड बैंकमा स्थलगत अनुगमन गरेका र उसले जनाएको कैफियतका आधारमा बैंकको धेरै कर्जामा प्रोभिजन गर्नुपर्ने बाध्यता आएको भन्ने सुनिएको छ, हो ?
मैले यस बैंकमा नियुक्ति पाउदा केपीएमजी र राष्ट्र बैंकको प्रतिनिधिले संयुक्तरुपमा यस बैंकको स्थलगत अध्ययन गरिरहेको थियो । म आएको दुई हप्तामा उनीहरूले काम सिध्याए । त्यसको फाइनल रिपोर्ट हामीले पनि पाएका छैनौं । तर केपीएमजीले मौखिकरुपमा हामीलाई धेरै कुरा भनेका छन् । उनीहरूको भनाई यस बैंकको भविष्य निर्माणको लागि निकै महत्वपूर्ण छन् । त्यो हाम्रो भविष्यको रोडम्याप पनि हो ।
उनीहरूको भनाईको सार के हो ?
ग्राहकको वास्तविक अवस्था, व्यवसायको वास्तविकता र रिपेमेन्ट क्षमता पर्याप्तरुपमा नबुझी धितोलाई मुख्य आधार बनाएर कर्जा लगानी गर्नु पहिलो गल्ती थियो । दोस्रो, कारोबार पारदर्शी नभएका ग्राहकलाई कर्जा दिनु हुदैन भन्नेमा उनीहरूले जोड दिए । तेस्रो, ग्राहकको मनिटरिङ गरिएन । केहीमा गरियो, केहीमा गरिएन । ग्राहकले जुन उद्देश्यका लागि कर्जा लिएका थिए, त्यसमा खर्च नभई अन्तै खर्च भयो ।
अब यस बैंकको चुनौती के के हुन् ?
मेरा लागि पहिलो चुनौती पनि कर्जा असुली हो, दोस्रो, तेस्रो चुनौती पनि कर्जा असुली हो । कर्जा असुलीपछि अहिले गरिएको प्रोभिजन राईट व्याक हुन्छ । बैंकको एनपीए घट्छ, मुनाफा देखिन्छ । बैंकका सबै परिसूचक ठिक ठाउ“मा आउछन् ।
तत्कालका लागि बैंकको क्यापिटल एडेक्वसी कम भएको छ । यो समस्या समाधान गर्न बैंकले के गर्छ ?
तीनवटा विकल्पमा छलफल चलिरहेको छ । पहिलो, हकप्रद सेयर जारी गरेर सेयर पुजी ४ अर्ब पु¥याउने । दोस्रो, पुजी प्रयाप्त भएको बैंक तथा वित्तीय संस्थालाई यस बैंकमा मर्ज गराउने । तेस्रो, अरू बलियो बैंकमा मर्ज हुन जाने । जुनसुकै विकल्पमा जानुपूर्व हामीले कर्जा असुली गर्नैपर्छ । १९ प्रतिशतको एनपीए १० प्रतिशतभन्दा तल झार्नै पर्छ ।
सञ्चालक, प्रवद्धकहरू थप लगानी गर्न इच्छुक छन् वा मर्जमा जान ?
सञ्चालक तथा ठूला लगानीकर्ताहरूसग छलफल भइरहेको छ । रुपैयाँ बैंकलाई अगाडि लैजान जे आवश्यक पर्छ त्यो गर्न तयार देखिनुभएको छ । मैले त्यो पाएको छु । समस्या के छ भने पुजी थपेर ४ अर्ब बनाउने हो भने त्यसपछि मर्जको सम्भावना टरेर जान्छ । तर अहिलेसम्म कुनै निर्णय भएको छैन । अहिले हाम्रो सम्पूर्ण ध्यान खराब कर्जा असुलीमा दिएका छौं ।
कुन क्षेत्रमा कर्जा असुलीमा बढी समस्या छ ?
त्यसरी तथ्याङ्क त विश्लेषण गरिएको छैन । अतिकति बढी घर–जग्गामा गएका कर्जाको असुलीमा समस्या छ ।
ऋण नतिर्ने ठूला ऋणी वा साना ऋणी हुन ?
ठूला ऋणी बढी छन् । कुल एनपीएको करिव ७० प्रतिशत हिस्सा ४०र४२ वटा ठूला ग्राहकले लिन्छ ।
ठूला ऋणी को को हुन् ?
माफ गर्नुहोला, बैक तथा वित्तीय संस्था ऐनले हाम्रो पनि हात बाधेको छ । कुन ग्राहकले कति कर्जा लिएको छ वा कुन ग्राहकले कर्जा तिरेको छैन जस्ता विषयमा हामीले भन्न मिल्दैन ।
ठूला ऋणीको धितो पनि ठूलै हुन्छ । तर रियलस्टेटमा ठूलो लगानी गर्ने लगानीकर्ता नै छैनन् भनिन्छ । यो अवस्थामा बैंकले धितो लिलामी गर्न सक्छ ?
दुई वर्षअघिको अवस्था हो भने हामीलाई गाह्रो हुने थियो । तर अहिले जग्गा, सेयरको मूल्य बढिरहेको छ । ठूलो सम्पत्ति खरिद गर्ने प्रपर्टी डिलरर्सहरू, होलसेलर्सहरू सम्पर्कमा आएका छन् । बैंकले निक्षेपको व्याज कम गरेकोले ठूला निक्षेपकर्ताहरू बैंकबाट पैसा निकालेर घर जग्गा किन्न थालेका छन् । त्यसैले धितो बिक्री नहुने समस्या हट्दै गएको छ ।
बैंकको निक्षेप कर्जा अनुपात ७१ प्रतिशत छ । तरलता पर्याप्त देखिन्छ । थप कर्जा लगानी गर्न क्यापिटल एडेक्वीसी कम छ । तर उच्च ब्याजदरमा निक्षेप संकलन गरिरहनु भएको छ, किन ?
हो, हामीले अहिले पनि ७ प्रतिशत व्याजदरमा व्यक्तिगत निक्षेप लिइरहेका छौं । संस्थागत होइन । संस्थागत निक्षेप कम गर्न र व्यक्तिगत निक्षेप बढाउन यो योजना ल्याएका हौ । नाफा कमाउने उद्देश्यले यो निक्षेप योजना होइन, लिक्विडिटी म्यानेज गर्ने हिसावले यो काम गरिएको हो ।
यदि राष्ट्र बैंकले यस बैंकलाई सीघ्र सुधारात्मक कारबाही ग(यो भने अवस्था के हुन्छ ?
यो राष्ट्र बैंकसग सम्बन्धित प्रश्न हो । राष्ट्र बैंक कसरी प्रस्तुत हुन्छ मैले भन्न सक्दिन । यस विषयमा बोल्नु उपयुक्त पनि हुदैन । म यति मात्र भन्छु, हामी निष्क्रिय कर्जा असुलीमा केन्द्रित छौं । राष्ट्र बैंकबाट हुनुपर्ने सबै सहयोग हामीले पाइरहेका छौं ।