नेपाल पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर हुन्छ

  २०७१ भदौ ५ गते ८:३६     विकासन्युज

व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले पुरक अनुदानमा आधारित कार्यक्रम सञ्चालन गरिरहेको छ । यसका मुख्य उद्देश्य के–के हुन् ?

यिो विश्व बैंकको सहयोगमा कृषि मन्त्रालयद्वारा सञ्चालित आयोजना हो । यसको मुख्य उद्देश्य उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, कृषिको व्यावसायीकरण र आधुनिकीरण गर्ने हो । कृषि क्षेत्रको विकास गर्नका लागि प्रतिस्पर्धात्मक रुपमा अनुदान प्रदान गर्दैआएका छौं । जसअन्तर्गत प्याक्टबाट कृषि समुहले ७० प्रतिशत, सहकारीले लगानीको ५० प्रतिशत र निजी उद्यमीले ३० प्रतिशत अनुदान पाउने गरेका छन् । पछिल्लो समय २५ वटा दुर्गम जिल्लामा सानाखालका उद्यमीलाई ‘माइक्रो ग्राण्ड’ उपलब्ध गराउ“न लागेका छौं । उक्त अनुदानमार्फत् किसानले सहज रुपमा अघिकतम १० लाख रुपैया“सम्म अनुदान पाउनेछन् । जसले गर्दा परम्परागतरुपमा कृषि गरिरहेका निम्न आय भएका र सिमान्तकृत किसानको क्षमता अभिवृद्धि गरी व्यवसायीक वन्न मद्दत गर्नेछ । समग्रमा कृषि क्षेत्रको व्यावसायीकरण गर्न निजी क्षेत्र तथा समूहबाट पैसा पाउन कठिन हुने भएकाले प्याक्टले पुरक अनुदान उपलब्ध गराउ“दै आएको छ । यसले कृषिलाई व्यवसायीकरण गर्नुका साथै कृषिप्रति युवालाई आकर्षण गर्ने, रोजगारीका लागि विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने हो । साथै, ग्रामीण अर्थतन्त्र सुधार नभई देश आर्थिक विकास हुन सक्दैन । ग्रामिण अर्थतन्त्र जुनबेला सुधार हुन्छ, जतिबेला कृषिको व्यावसायीकरण हुन्छ । नेपालमा कृषिको व्यावसायीकरण गर्न धेरै वाधा अड्चन छन् । त्यस्ता बाधा–अड्चन हटाउन यो पुरक अनुदानले सहयोग गर्ने छ ।