नेपालमा कर्पोरेट कल्चरको विकास भएन

  २०७१ भदौ ३ गते ७:५०     विकासन्युज

प्रतिकूल अवस्था भनिरहदा पनि व्यवसायीहरुले लगानी विस्तार गरिरहेकै देखिन्छ । केडिया समूहले नयाँ के गरिराखेको छ ?

उद्यामशीलता भनेको सिर्जनात्मकता कार्य हो, जसरी पेन्टरले नयाँ नयाँ पेन्टीङ गरिरहेको हुन्छ, गायकले नयाँ गीत गाईरहेको हुन्छ, कविले नयाँ कविता रचिरहेको हुन्छ । भैराखेको उद्योग व्यापारलाई चलाउनै पर्छ, त्यसको प्रवद्र्धन गरिरहनुपर्छ । साथै, नयाँ अवसरहरुको खोजी गर्ने, नयाँ क्षेत्रमा लगानी गर्ने काम गर्नैपर्छ । त्यो भईराखेको छ ।

केडिया समूहले गएको एक दशकमा कति लगानी विस्तार ग¥यो ?

गएको दश वर्षमा नयाँ उद्योग व्यवसायमा हात हालेका छौं र सफलता पनि मिलेको छ । पछिल्लो समयमा सिद्धार्थ बैंक, सिद्धार्थ इन्स्योरेन्स, सिद्धार्थ म्यूचल फण्ड जस्ता सेवा मुलक क्षेत्रमा लगानी विस्तार गरेका छौं । डिएभी स्कूल, कलेजमा लगानी भएको छ । यति कार्पेट, वृज सिमेन्ट उद्योग चलाईरहेका छौं । जलविद्युत् योजनामा पार्टनरसिप गरेका छौं । भारतीय ट्राभल्स कम्पनीसँग मिलेर ओलम ट्राभल्स् स्थापना गरेका छौं । अटोमोवाईल टे«डिङमा नयाँ सुरुवात भएको छ ।

गएको दशक साह्रै उपलब्धि मुलक भएछ, होइन ?

अप्ठ्यारा पनि भोग्नु प¥यो । चलिरहेका उद्योगहरु बन्द गर्नु प¥यो । कर्कटपाता उद्योग बन्द भयो । धान मिलहरु बन्द भए । भाडा वर्तन बनाउने, पश्मिना, हस्तकलाका सामान बनाउने साना तथा मझ्यौला उद्योगहरु थिए, ती बन्द भए । विदेशबाट विभिन्न सामानहरु आयात गथ्र्यौ, बिक्री वितरण गथ्र्यौ । यस्तो व्यापारमा धेरै कमी आएका छन् । बनस्पति ध्यू, तेल उद्योग अप्ठरोमा चलिरहेको छ ।

तर पछिल्लो समयमा कोर भ्यालुसहित नयाँ क्षेत्रमा आएका छौं । पुस्तौली पेशाको रुपमा व्यवसायिक क्षेत्रमा निरन्तर लाग्ने हामी पाँचौ पुस्ता हौं । यो पुस्ताले समय सापेक्ष निर्णय लिएको छ । हामी अगाडि बढिरहेका छौं ।

पारिवारिक व्यवसायिक घराना केडिया अर्गनाईजेशन भित्र कति परिवार छ, त्यसमा को को छन् ?

हाम्रो परिवार ठूलै छ । सँगै बस्छौं । तर काम बाँढेर गर्छौ । फरक फरक कम्पनीको जिम्मेवारी लिएका छौं ।

नेपालका ठूला व्यवसायिक घरानाहरु मध्ये केडिया अर्गनाईजेशनको पोजिशन कति औं नम्बरमा पर्छ ?

यो मैले भन्न सक्दिन, तपाईहरुले भन्ने हो । तर म आफूलाई यो परिवामा जन्मन पाएकोमा भाग्यशाली ठान्छु । बाबुबाजेले गर्दै आएको काममा ईटा थप्ने काम गरिरहेको छु ।
– See more at: http://www.bikasnews.com.np/index.php/2011-10-24-13-46-03/708-2013-09-22-07-29-09#sthash.NF2HkqXc.dpuf