एनसीसी बैंकका सेयरधनीले मर्जमा मर्जमा जान सहमति दिएका छन्-लक्ष्मीप्रपन्न निरौला

  २०७१ भदौ ३ गते ७:१८     विकासन्युज

laxmi_prapanna

लक्ष्मीप्रपन्न निरौला, संयोजक, एनसीसी बैंक, (निर्देशक नेपाल राष्ट बैंक)

नेपाल राष्ट्र बैंकले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा हस्तक्षेप गर्नुपर्ने अवस्था किन आयो ?

सर्वप्रथम सञ्चालक समितिबीच नै विवाद भयो । सञ्चालक समितिमा दुई पक्षबीचको विवाद उत्कर्षमा पुग्यो र लामो समयसम्म बैठक नै बस्न सकेन । कुनै पनि विजनेश डिसिजन हुन सकेन । धेरै समयसम्म संस्थालाई त्यो अवस्थामा राख्नुभएन । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ ले पनि सञ्चालक समितिको बैंठक न्यूनतम १२ पटक बस्नुपर्ने र तर दुईवटा बैठकको बीचको फरक २ महिनाभन्दा कम हुनुपर्ने भन्ने व्यवस्था छ । राष्ट्र बैंक विवाद मिलाउन लामो समयसम्म प्रयास ग¥यो तर दुई पक्ष अमिल्न सकेनन् । संस्थापक÷संस्थापकबीच झन् द्वन्द्व बढ्दै गयो । सर्वसाधारणको निक्षेप सुरक्षित गर्न र वित्तीय प्रणालीप्रतिको विश्वास कायम राख्न पनि राष्ट्र बैंकले बाध्य भएर हस्तक्षेप गरेको हो ।

राष्ट्र बैंकले हस्तक्षेप गर्नुको उद्देश्य के–के थिए ?

पहिलो उद्देश्य संस्थापक सेयरधनी सम्बद्ध कर्जा लगानी असुलउपर गर्नु हो । त्यस्तो कर्जा सा“वा र व्याज गरी करिब ४० करोड रुपैया“ जति थियो । दोस्रो, साधारण सभा हु“दा सेयर संरचना परिवर्तन नभई पुनः समस्या दोहोरिने हुनाले कमन सेयर धारण गरेका त्यस बैकका शेयरधनीको अन्य बैंक तथा वित्तीय संस्थाको खोजी गर्ने । तेस्स्रो, बैंकको साधारसभा गराई नया“ निर्वाचित हुने सन्चालक समितिलाई एक वर्षभित्र तोकिएको संस्थास“ग मर्ज गर्ने जिम्मेवारी सुम्पने ।

तोकिएको ६ महिनाको समयावधिमा ती काम सम्पन्न हुन्छन् ?

तोकिएको काम विभिन्न कारणले गर्दा समयमै सकिएन भने समय थप गर्नुपर्ने हुन्छ । तर, धेरै समय थप गर्नु पर्दैन । हालसम्म हामीले करिब १३ करोड रुपैया“भन्दा बढी संस्थापकस“ग सम्बद्ध कर्जा लगानी उठाएका छौं । संस्थापक सम्बध कर्जा उठाउन हरसम्भव लागि परेका छौं । कर्जा लिएका व्यक्तिले यथासक्दो छिटो कर्जा तिर्छौं भनेर कमिटमेन्ट गरेका छन् । यदि तिरेनन् भने बैंक तथा वित्तीय ऐनको दफा ५७ प्रयोग गरी उठाउने छौं । नेशनल हाइड्रो पावरमा रहेको सेयर बिक्रीमा केही ढिलाई भएको छ । अनेशनल हाइड्रो पावरमा रहेको सबै सेयर बिक्री भएपछि सबै कर्जा उठ्नेछ ।

संस्थापकहरू आफूले लिएको कर्जा तिर्ने मनस्थितिमा छन् कि धितो लिलामीबाट मात्र उठ्ने अवस्था छ ?

हाम्रो पहिलो प्रयास ऋणी आपैm“ले धितो बेचेर कर्जा चुक्ता गरुन् भन्ने हो । त्यो प्रयासमा हामी ३५ प्रतिशत जति सफल भएका छौं । उनीहरूलाई त्यो मौका दिएका हौं । त्यसमा सोचेअनुरुप सफल हुन सकिएन । विशेषगरी नेशनल हाइड्रो पावरमा रहेको सेयर बेच्ने विषयमा हामीले सहयोग पाउन सकेनौं ।

राष्ट्र बैंकले हस्तक्षेप गरेको अवस्थामा पनि संस्थापकहरूले कर्जा तिर्न अटेर गरेको देखियो । किन यस्तो भइराखेको छ ?

उनीहरूले कर्जा किन तिरेनन् भन्ने कुरा हामीलाई पनि थाहा भएन । तर, हामीले यही बीचमा शून्य दशमलव ५ प्रतिशतभन्दा बढी सेयर धारण गरेका सेयर धनीहरूको भेला गरेका थियौं । त्यसभेलाले कमन सेयर धारण गरेका संस्थास“ग मर्जमा जान सहमति दिएका छन् । यस्तै संस्थापक सम्बद्ध एक प्रभावशाली व्यक्तिले सार्वजनिक ठाउ“मा तत्काल सबै कर्जा चुक्ता गराउ“छु भन्ने प्रतिवद्धता जायर गर्नुभएको छ । त्यसले गर्दा पनि सबै कर्जा उठ्छ भन्नेमा आशावादी छौं ।

जसले प्रतिवद्धता गरे त्यो कत्तिको विश्वासयोग्य व्यक्ति हो ?

त्यसको नतिजा हेर्न बा“की नै छ । प्रतिवद्धता जायर गरेपछि नेशनल हाइड्रोको १ लाख कित्ता सेयर बिक्री भइसकेको छ । अब १६ लाख जति कित्ता बिक्री गर्न बा“की छ । आशा गरौं, सबै कर्जा उठ्नेछ ।

ऋणीले नेशनल हाइड्रोको सेयर मूल्य बृद्धि भएका कारण बिक्री गर्न ढिलाई भइरहेको हो वा अन्य कारण पनि छन् ?

त्यस सम्बन्धमा हामीलाई जानकारी छैन । त्यो सुरक्षण धनी उहा“हरूको नितान्त व्यक्तिगत विषय हो ।

आगामी दिनमा राष्ट्र बैंक व्यक्तिगत विषय भनेर चूप लागेर बस्छ वा कर्जा असुलीको प्रक्रियामा जान्छ ?

यो प्रश्न स्वभाविक हो । तर, हामी ३५ प्रतिशत कर्जा असुल गर्न सफल भएका छौं । बा“की कर्जा ऋणीले कानुनतः नबुझाई ह“ुदैन । किनकि जति समय बढ्छ, उति नै व्याज बढ्दै जान्छ । पहिलो त संस्थापक सम्बद्ध एक प्रभावशाली व्यक्तिले सार्वजनिकरुपमा जुन बाचा गरेका छन्, त्यो पूरा गर्नुपर्छ र गर्नुहुन्छ भन्ने आशा गरेका छौं ।