मञ्जुश्री फाइनान्सले ९ प्रतिशत नगद लाभांश दिने

  २०७५ असोज ५ गते १३:३८     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पुँजीको सो मात्रा अर्थात ७ करोड २३ लाख ६५ हजार ४०० रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको होे ।

उक्त प्रस्ताव हालै सम्पन्न संस्थाको १५८औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

संस्थाको हाल ८० करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । पछिल्लो समय संस्थाको सेयर मूल्य प्रतिकित्ता १२७ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.