ब्रिटानीयाको गुड डेले प्रियंकासँग शुरु गर्यो टेलिभिजन विज्ञापन

  २०७५ साउन २९ गते १९:०१     विकासन्युज

काठमाडौं । ब्रिटानिया इण्डस्ट्रिज लिमिटेडले आफ्नो प्रमुख ब्राण्ड गुड डेको टेलिभिजन विज्ञापनमा चर्चित नायिका प्रियंका कार्कीलाई ब्राण्ड दुतको रुपमा प्रस्तुत गरेको छ । सन् १९१८ मा स्थापनाभएको ब्रिटानियाले स्थापनाको सय वर्ष पुरा गरेको अवसरमा टेलिभिजन विज्ञापन सार्वजनिक गरेको हो ।

२० प्रतिशत बजार हिस्सा ओगट्दै ब्रिटानिया अहिले नेपालको बिस्कुट बजारको अग्रणी कम्पनी बन्न सफल भएको छ । साथै गुड डे नेपाली बिस्कुट बजारको सबैभन्दा ठूलो ब्राण्डको रुपमा स्थापितपनि भैसकेको कम्पनीले जनाएको छ । कम्पनीको अघिल्ला बर्षहरुमा वितरणको विस्तार ३० प्रतिशतले वढेर ७०,००० आउटलेट पुगेको छ । साथै, भविश्यमा ब्रिटानियाले नेपालमै स्थानिय उत्पादन गर्ने लक्ष्य लिएको छ ।

प्रियंकाकार्कीलाई राखेर बनाइएको अभियान “स्माइलमोर फर अ गुड डे” को मनोभाव नै आफ्नो मुस्कान पत्ता लगाउनुहोस् र संसारसँग बाँडेर अझ बढाउनुहोस् भन्ने हो । एउटा सरल महिला सबैसँग मुस्कान बाँड्दै आफ्नो दैनिक कार्यमा जाँदै गरेको कथा यस टेलिभिजन विज्ञापनले सुन्दर रुपमा चित्रण गरेको छ । पृष्ठभुमीको ह्रृदयस्पर्शी गीत “मुस्कुराउनुमा कन्जुसी किन” ले “स्माइल मोर” को सन्देशलाई आत्मसाथ गर्दै चलचित्रको भावमा रौनकता प्रदान गरेको छ ।

ब्रिटानिया इण्डस्ट्रिज लिमिटेड, अन्तर्राष्ट्रिय व्यापारका उपाध्यक्ष अनिन्द्य दत्तले भने, “भाषा, वर्ण, वर्ग र विचारलाइ चिर्ने मुस्कान एउटा विश्व व्यापी ईशारा हो । एक अध्ययन अनुसार मुस्कान सजिलै सर्दछ र यो सरल ईशाराले संसारको हरेक कुनाकाजो कसैको दिन चम्किलो बनाउन सक्छ । तर आजको दु्रतगतिको संसारमा हामी आफ्नै अगाडी उभिएको मानिससँग पनि मुस्कुराउनमा कन्जुसाईं गर्छौं । गुड डे ब्राण्डको साथमा हामी विश्वास गछौं की हामी जति मुस्कुराउँछौं संसार त्यति नै अझ सुन्दर ठाऊँ हुनेछ ।” उनले थपे, “यो अभियानको थालनी हामीले नेपाली दर्शक श्रोताहरुका लागी बनाएका हौं ।”

प्रियंका कार्कीले भनिन् , “ब्रिटानिया गुड डेको “स्माइलमोर फर अ गुड डे”को अभियानले यहाँका मानिसहरुलाई मुस्कानको आदान प्रदान गर्न सम्झाउँदै यसको वानी बसाउन सघाउनेछ किनकि सबैलाई थाहा छ मुस्कुराउन पैसा पर्दैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.