सानिमा बैंकको थप १६ वटा शाखाहरु सञ्चालनमा

  २०७५ साउन १ गते १६:५७     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेडले बिभिन्न गाउँपालिकाहरुमा थप १६ वटा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिम २०७५ आषाढ मसान्त सम्म सम्पूर्ण स्थानीय तहका शाखाहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले नुवाकोटको किस्पाङ र शिवपुरी, दैलेखको डुङ्गेश्वर, मकवानपुरको बाग्मती र कैलाश, पर्साको पर्सागढी र पटेर्वा सुगौली, ललितपुरको कोन्ज्योसोम, उदयपुरको उदयपुरगढी, इलामको फाकफोकथुम, सुर्खेतको चिङ्गाड, डडेल्धुराको भागेश्वर, खोटाङको दिप्रुङ चुईचुम्मा, कालिकोटको सान्नी त्रिवेणी, बाजुराको हिमाली र दोलखाको मेलुङ्गमा गरी साे मात्राकाे शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाहरुबाट बैंकले उक्त क्षेत्रका कृषक, व्यवसायी, सर्वसाधारण तथा स्थानिय निकायलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य लिएको छ ।

यी उक्त शाखाहरु समेत गरी बैंकको सात वटै प्रदेशमा हाल ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा एटिएम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.