पोखरामा यामाहा ‘राइड एन्ड रिट्रिट’

  २०७५ असार १३ गते १८:१५     विकासन्युज

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका स्कुटरचालकहरुलाई रोमाञ्चक ‘राइड एन्ड रिट्रिट’को आयोजना गरेको छ । गण्डकी अञ्चलका २५ जना यामाहा स्कुटरचालकलाई पोखराको यामाहा डिलर विश्वकर्मा अटोवक्र्सबाट पोखरा बजार हुँदै अतिथि रिसोर्ट लगिएको थियो ।

पाँच समूहमा विभाजन गरिएका २५ जना स्कुटर चालकलाई ‘पिलो फाइटिङ’, ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, जस्ता खेल खेलाइएको थियो । विश्वकर्मा अटोवक्र्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले डिलर र राइडरहरुबीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा सहभागीमध्ये एक कृति ढुंगानाले यामाहाको यो सुरुवात प्रशंसायोग्य भएको र यसले निरन्तरता पाउने अपेक्षा गरिन् । यामाहाले यसअघि काठमाडौं र नारायणघाटमा ‘राइड एन्ड रिट्रिट’को आयोजना गरिसकेको छ ।
केही महिनाअघि भएको एक स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरहरु स्टाइल र कम्फर्टका लागि सबैभन्दा बढी रुचाइने गरेको देखिएको थियो । एमएडब्लुले विगत ६ वर्षदेखि नेपालमा स्कुटर भित्र्याउँदै आएको छ । नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् ।

यी स्कुटरहरु विभिन्न उमेर र फरक पेसामा आबद्ध महिलापुरुषलाई सुहाउने गरी तयार पारिएका हुन् । यामाहा स्कुटरमा प्याटेन्डेट ब्लुकोर टेक्नोलोजीजडित इन्जिन छ जसले स्कुटरको पर्फमेन्स र माइलेजलाई पनि बढाउने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.