एलजीको विश्वकप लक्षित योजनामा २ जना विजेता, जिते ४३ इन्चको स्मार्ट टिभी

  २०७५ असार १३ गते १४:१९     विकासन्युज

काठमाडौं । एलजीले विश्वकप लक्षित गरि सञ्चालन गरेको साप्ताहिक बम्पर उपहार योजनाको दुई साताका विजेताहरुको घोषणा गरेको छ ।

एलजीले मिनभवनस्थित एलजीलाई फस्टाईल मेघा स्टोरमा आयोजित कार्यक्रममा विद्युतिय गोलाप्रथाबाट दुई जना साप्ताहिक विजेताहरुको छनोट गरिएको हो । सो बम्पर उपहार अन्तर्गत रामेछापका सोनाम लामा र हेटौडाका राजकुमार राईले एलजीको ४३ इन्चको स्मार्ट टिभी जितेका छन् ।

विश्वकप अवधिभर एक महिना सञ्चालन हुने यस उपहार योजनाका साप्ताहिक विजेता ४ जनालाई एलजीको ४३ इन्चको स्मार्ट टिभी प्रदान गरिने छ । विश्वकप लक्षित पारी एलजीले अहिले ३१ प्रतिशतसम्म क्यास ब्याक, चार वर्ष वारेन्टी, फ्रिभायोनेट इन्टरनेट जस्ता अफरहरु सञ्चालन गरिरहेको छ । साथै, एलजी टिभीमा नेटएप डाउनलोड गरी निशुल्क टिभी च्यानलहरुका मज्जा पनि लिन सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.