हिमालय एअरलाइन्सबाट प्रधानमन्त्री ओली चीन पुगे, कुन कुन मन्त्री गए ?

  २०७५ असार ५ गते १७:२२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हिमालय एअरलाइन्समा दोश्रो पटक चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली मंगलबार हिमालय एअरलाइन्सको एयरबस ३२०, नेपाली दर्ता नम्बर ९एन–एएलडब्लुमार्फत जनगणतान्त्रिक चीनकोे राजधानी बेइजिङ प्रस्थान गरेका हुन् ।

ओली, श्रीमती राधिका शाक्यसहित नेपाल सरकारका उच्च अधिकारी, व्यापारी तथा सञ्चारकर्मीहरु सम्मिलित टोली चीनको ६ दिने औपचारिक भ्रमणमा गएका हुन् ।

उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट स्थानीय समय अनुसार ९ बजे उडेको थियो भने चीनको राजधानी बेइजिङस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको स्थानीय समय अनुसार १६ः४९ (नेपाली समय अनुसार १४ः३४) बजे अवतरण गरेको थियो ।

भ्रमणमा प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र सांसदहरु सहभागी थिए ।

भ्रमण टोलीका साथै विशेष उडानमा सहभागी भएका अध्यक्ष आङ छिरिङ शेर्पा र हिमालय एअरलाइन्स्का प्रमुख कप्तान झाउग्वो छ्याङलाई बिदाई गर्न एअरलाइन्स्का प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठ त्रिभुवन विमानस्थलमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.