एनएमबि माइक्रोफाइनान्सको एकदिने समीक्षा गोष्ठी सम्पन्न

  २०७५ वैशाख २८ गते १३:४७     विकासन्युज

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाद्धारा एक दिने शाखा प्रबन्धकहरुको गोष्ठीको सम्पन्न भएको छ । संस्थाले मातहतका शाखा प्रबन्धकहरुको दैनिक कार्यसम्पादनमा प्रभावकारिता ल्याउन र फिल्डको कार्यमा दक्ष बनाई भाखा नाघेको कर्जाको जोखिम ब्यवस्थापन गर्नका लागि शाखाहरुको मासिक समीक्षा गर्ने उद्धेश्यले उक्त गोष्ठीको आयोजना गरेको हो ।

शुक्रबार वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीले उक्त गोष्ठीको उद्घाटन गरेका हुन् । र्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत चौधरीले हाल लघुवित्तको क्षेत्रमा देखिएका चुनौतीहरुको समाधान गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने कुरा ब्यक्त गरेका छन् ।

एक दिने उक्त समिक्षा गोष्ठीमा शाखाहरुको लक्ष्य तथा प्रगतिको समीक्षाका साथै शाखामा देखापरेका समस्या तथा चुनौतीहरु र त्यसका समाधानका उपायहरुको बारेमा समेत छलफल गरियो ।

कार्यक्रममा २२ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरुका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.